Skip to content

मेरी सानु

  • by


सँगसँगै हिडौं भन्दा डरायौ कि मेरी सानु
आजभोलि देख्दिन म हरायौ कि मेरी सानु

भेट्न गए तिमीलाई कोठा बन्द भा’को पाए
पहिले बस्ने कोठा अन्तै सरायौ कि मेरी सानु
आजभोलि देख्दिन म हरायौ कि मेरी सानु

मेरो सामु पर्न पनि लजाउछ्यौ रे तिमी अचेल
बैश आफ्नो अरुलाईनै चरायौ कि मेरी सानु
आजभोलि देख्दिन म हरायौ कि मेरी सानु

दुनिया छ स्वार्थी यहाँ बैश चर्न खोज्यो होला
चर्न दिन्न बैश भनि करायौ कि मेरी सानु
आजभोलि देख्दिन म हरायौ कि मेरी सानु

सधैभरि तिम्रै हुँ म भन्ने गर्थ्यौ तिमी पनि
आज अर्कैलाई पो मन परायौ कि मेरी सानु
आजभोलि देख्दिन म हरायौ कि मेरी सानु

मन पराए ठिकै भयो तिम्रो सामु पर्ने छैन
उसैबाट सिउँदो आफ्नो भरायौ कि मेरी सानु
आजभोलि देख्दिन म हरायौ कि मेरी सानु

Leave a Reply

Your email address will not be published. Required fields are marked *