Skip to content

न त तिमी राम्री लाग्छ्यौ

न त तिमी राम्री लाग्छ्यौ, न त राम्रो तिम्रो वानी ।
राम्रो लाग्छ मलाई केवल, तिम्रो उमेर त्यो जवानी ।

नहुनुथ्यो त्यत्ति नजीक, किन भएँ थाहा छैन ।
तिम्रो रूप तिम्रो बोली, मलाई कुनै चाह छैन ।।
मेरो मात्र होइन दोष, तिम्रो जवानीको पनि ।
लाज मान्दै एकान्तमा, तान्दै लैजानीको पनि ।।

सबै कुरा भुल्दै गएँ, जब परेँ अँगालोमा ।
जति निस्कूँ भनेँ पनि, खस्दै गएँ भँगालोमा ।।
लाज भयो आफैँसँग, अन्त कतै भागौँजस्तो ।
एउटै गल्ती आज मलाई, लाग्न थाल्यो लाखौँजस्तो ।।

भारी भारी हुँदै गयो, आज आफ्नै जिन्दगानी ।
न त तिमी राम्री लाग्छ्यौ, न त राम्रो तिम्रो वानी ।।

– दीपक कथित
– काठमाडौं, नेपाल ।

2 thoughts on “न त तिमी राम्री लाग्छ्यौ”

  1. Dear Deepak,
    Oh my

    Dear Deepak,

    Oh my god!!!!!!!!!! really very nice.

    लाज भयो आफैँसँग, अन्त कतै भागौँजस्तो ।
    एउटै गल्ती आज मलाई, लाग्न थाल्यो लाखौँजस्तो ।।

    भारी भारी हुँदै गयो, आज आफ्नै जिन्दगानी ।
    न त तिमी राम्री लाग्छ्यौ, न त राम्रो तिम्रो वानी ।।

    Regards
    R. Grg

  2. raamro laagyo tapaiko geeti
    raamro laagyo tapaiko geeti kabitaa
    नहुनुथ्यो त्यत्ति नजीक, किन भएँ थाहा छैन ।
    तिम्रो रूप तिम्रो बोली, मलाई कुनै चाह छैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *