Skip to content

टुक्रिएर फेरी आफै डोरिएका हातहरु
मुटुभरी पिडा सही घोरीएका रातहरु

छताछुल्ल पारिदिउकि जमघटमा रोइदिउ
जीवन भयो पातै पात सोरीएका खातहरु

सहिदिउला निधारमा कोरीएको ब्येथाहरु
नसकेर विरहमा फोरीएका बातहरु

भात्किगए रहरहरु अभिसाप जिन्दगीका
सफलताको खोजी गर्दा जोरीएका घातहरु

मनोज काफ्ले

6 thoughts on “भत्किएका रहरहरु”

  1. मनोज जि,
    सरल शब्द तर भाब अलि

    मनोज जि,
    सरल शब्द तर भाब अलि जटिल लाग्यो यध्यपी प्रयाशलाई नकार्न सकिँदैन ।

    निरन्तरताको लागि शुभकामना।

    निर्मला थापा,

    1. निर्मला जी हजुरलाई Thanks

      निर्मला जी हजुरलाई Thanks
      म कोसिस गर्ने छु आउदा दिनहरुमा अगाडी बढ्ने
      हजुरको शुभकामना पाएर ..,,,,,,,,,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *