मैले हाँसो भुलेको धेरै भएछ
मेरो हाँसो र खुसी पनि पराई बनेछ
थाहै भएन जीवन कसैको बन्दी भएछ
फर्किआउने बाचा पनि उसले गरे’थिई
संगै जिउने संगै मर्ने कसम खाए’थिई
पर्खिबसें आउँछिन् भन्दै वर्ष बितेछ
मैले हाँसो भुलेको धेरै भएछ
आँखा-आँखाभित्र मलाई लुकाउँछु भन्थी
सुन्दर संसार बसाउने सपना देखाउँथी
फर्किआउने बाटो आज किन भुलेछ
मैले हाँसो भुलेको धेरै भएछ
शब्द – नव सिलवाल
स्वर, संगीत – सम्भु राई
एल्बम – अनबरत यात्राहरू
