Skip to content

खुशीले हाँस अनुकूल तिमी

  • by

परदेशमा भए पनि, खुशीले हाँस अनुकूल तिमी
दु:खको भूमरीलाई हाँसोले नास अनुकूल तिमी ।
 
नसोँच कहिल्यै म मात्र, बिदेशको पीडामा छु सधैं
खुशीमा फूलको माला, प्रेमले गाँस अनुकूल तिमी।
 
छट्पटिमा बिते कठै! तिम्रो रात अनि दिन पनि
मनको पीडालाई, धैर्यताले मास अनुकूल तिमी ।
 
बगाउँदैछौ पसिना बिदेशमा, त्यो क्षणिक हो जान
तरै पनि देशलाई, मनमा टाँस अनुकूल तिमी ।
 
(यो गजल मैले अनुकूलको नामबाट प्रभावित बनी लेखेँ १९/१९ अक्षरबाट प्रयास छ।समर्पित अनुकूललाई यो शिशु गजल)  

Leave a Reply

Your email address will not be published. Required fields are marked *