Skip to content

यो माया

  • by

कोही भन्छन् दुईआत्माको मेल हो यो माया
कोही भन्छन् खहरेको भेल हो यो माया

प्यासी पार्ने दासीपार्ने किनारमा पार्ने
कोही भन्छन् नर्तकीको खेल हो यो माया 

हजारौ यी उद्घोष र हजारै यी भाषा भित्र 
कोही भन्छन् चमेलीको तेल हो यो माया 

एक अर्कामा सर्मपर्ण दुबैको हो बन्धन
कोही भन्छन् हत्कडी र नेल हो यो माया

न त खाने न अघाउने न त्यो सजाउने
कोही भन्छन् कागको अघि बेल हो यो माया

न त सके छुट्याउन यो मायाको परिभाषा 
कोही भन्छन् जंजिर र जेल हो यो माया

Leave a Reply

Your email address will not be published. Required fields are marked *