तिमी हेर्छौ भने यो छातीभित्र नदेखिने घाउ धेरै धेरै छन्
तिमी सुन्छौ भने यो जिन्दगीमा कहिले नमेटिने कथाहरू छन्
खुसीहरूमा जिउन सकिन जिन्दगी नै अभिषाप झैं भयो
शिशा झैं मुटु चर्किरह्यो पल पल व्यथाहरू बल्झी नै रह्यो
जिउँदै मरेको आभास हुन्छ जिउनुको के अर्थ नै रह्यो
जब पीरहरू बरदान झैं भयो के आशामा जीवन अल्झी नै रह्यो
शब्द – दीपक बुढाथोकी
स्वर – अरूण थापा
संगीत – दिनेश सुब्बा
एल्बम – ऋतुहरूमा तिमी
