तिमीसंगै मेरा सबै खुशीहरु सती गए
हास्न खोज्ने ओठको पनि न्याउली कै गती भए
किन मलाई यसो गर्यौ सोध्न पनि नसकिने
संगै जिउने कसम खाएँ पराइ तिम्रा पति भए
त्यो मन पनि कति कठोर जान्छु पनि नभनेको
तिम्रै यादमा तड्पी तड्पी बहुलाएकै जति भएँ
हासी खुसि जिउने हाम्रा उदेश्यलाई लात हान्यौ
आशुं पनि सुकी सक्यो पीडै पिडा अति भए
आजकल त भट्टीमा नै बास बस्ने भएको छु
तिम्लाई भुल्न पिउन थालें नशा पिउने लती भएँ

आशांक जी बधाई छ है
आशांक जी बधाई छ है
आशंका जी धेरै राम्रो छ
आशंका जी धेरै राम्रो छ तपाईंको हरेक प्रयासले नयाँ सन्देश दिओस यही कामना सहीत एउटा एउटा हरफ म पनि छोड्न जादैछु. अर्कै अर्थ बुझाउने ,,,,
हुँदा रहेछन यो दुनियाँमा मेनका र उर्बर्सी नी
उनीहरुको पिछा गर्दा गर्दै मेरा धेरै खती भए ।
wao Ashank ji yekdam ramro
wao Ashank ji yekdam ramro gajal ati mohak ani sabdaharu gahakila6n pragatiko lagi subhakaamana6
आजकल त भट्टीमा नै बास बस्ने भएको छु
तिम्लाई भुल्न पिउन थालें नशा पिउने लती भएँ
किन मलाई यसो गर्यौ सोध्न पनि नसकिने
संगै जिउने कसम खाएँ पराइ तिम्रा पति भए