Skip to content

मायाको कठघरामा थुनियौ कि
या त आकर्षणको नेलले बाँधियौ ?
मैले त देख्न थालेँ तिमीलाई
एउटा निरीह कैदी,
जो मेरो आँखामा सदा कैद भयौ
न त म तिमीलाई मायाको
चोरीको अभियोगमा माफी
दिन नै सक्छु,
न त तिमीलाई मनको जेलमा
थुनी रहन सक्छु,
न त निर्दोष ठानी आजाद गर्न नै सक्छु
बस! यो कस्तो अभियोग लाग्यो तिमीलाई
न कहिल्यै मनको हथकैडी फुकाएर
छाडिदिन नै सक्छु।
हो तिमीले सजाय भोग्नै पर्छ
मनको चार दिवारीभित्र कैदीको
पर्याय बन्नै पर्छ,
किनकि तिमी दोषी बन्यौ
मीठो भूल गरेर ,
तिमीमा अभियोग लाग्यो
कसैको मन चोरेर ।
जाउ जहाँ जान सक्छौ तिमी
न्यायको ढोका ढक्ढक्याउन
एलान गर म दोषी हुइन भनेर
त र पनि म तिमीलाई दोषी नै देख्छु
तिम्रो मन र आँखाभरी चोरीको
झलक नै पाउँछु ,
खुलासा गर फेरि पनि
म निर्दोष छु भनेर
त र पनि म तिमीलाई
क्षमाको भिख दिन कँजुसाइ नै गर्छु
किन कि गर्यौ तिमीले
अन्जान भूल,
गड्यो मेरो मनमा मायाको शूल
ल… भन गर्छौ कि त मायाको कबुल?
कि त स्वीकार्छौ
आफ्नो मीठो भुल ?
त र मैले त  बन्दी नै बनाएँ
मनको कठ्घरामा,
अपराधी  नै  भए पनि मन पराएँ
सुस्तरी सुस्तरी ……….
अनि ठहराएँ आजीवन मायाको दोषी ।
 
(अमेरिका )      

1 thought on “निरीह कैदी”

  1. साँच्चै त्यो कैदी निरिह नै हो
    साँच्चै त्यो कैदी निरिह नै हो । वरू फलामको जेल तोड्न सकिएला, मनको जेल कैदीले चाहेर तोडिदैन, कैदीलाई कैद बनाउनेलेनै चाहनुपर्छ । लौ यो कवितालाई मैले नि कैदी बनाएँ है !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *