मृत्तिका देशको चुम्न पाऊँ सधैँ
राष्ट्रकै मट्टिमा रम्न पाऊँ सधैँ ।
मृत्तिकाले दिइन् रत्नझैँ जिन्दगी
सम्झनामा रहून् यी पला औ घडी ॥
ओममा शान्तिकी छ्यौ किनारा तिमी
सत्यमा जीतकी सत्य नारा तिमी ।
ज्यान नै हौ तिमी प्राण नै हौ तिमी
सत्य चैतन्यकी वाटिका हौ तिमी ॥
छैन माटो भने छैन यो जिन्दगी
शून्य हुन्थिन् धरा अम्बरैको सरी ।
मूर्त संसारकी हौ जमानी तिमी
ज्ञान-विज्ञानकी मूलखानी तिमी ॥
राष्ट्र नै हौ तिमी राष्ट्रभाषा तिमी
नासिने जिन्दगीकी दिलासा तिमी ।
क्रान्ति नै हौ तिमी शान्ति नै हौ तिमी
काव्यमा झल्किने कान्ति नै हौ तिमी ॥
मोह-माया सबैकी धनी मृत्तिका
घाम-छायाँ सहेकी गुनी मृत्तिका ।
सङ्गसङ्गै रहूँ गर्छु यै चाहना
मुस्कुराऊ सधैँ गर्छु यै कामना ॥
पाचचामर छन्द १६ अक्षर ४ ४ वा ८ ८ मा विराम
।ऽ॥ऽ।ऽ॥ऽ॥ऽ।ऽ॥ऽ॥ऽ जरजरजगु
नारायणगढ चितवन नेपाल ।

its very
its very nice………………………..
nice poems
nice poems
gud husen sir
gud husen sir
मलै पनि सारै राम्रो लाग्यो।
मलै पनि सारै राम्रो लाग्यो। हुसैन सरलाइ धन्यवाद छ। अाजभोलि छन्दकविता पढ्न पाइँदैन। मिठो लाग्यो।
–सुमन