Skip to content

झुम्न फेरि मन लाग्यो

बिदाइका क्षण आँखाभरि, आँसु टिल्पिलाउँदै
हल्लाएका ती हात, चुम्न फेरि मन लाग्यो ,
कोदोको जाँड दाबाका भरि, अनि खसीको
भुटन खाँदै तिमीसँग झुम्न फेरि मन लाग्यो!

अन्तिम चोटी लर्बरौदै आइ लब यु बाबा,
आइ मिस यु, भन्ने शब्द सुन्न फेरि मन लाग्यो,
दिन होस् या रात, मायालु पाराले तिमीलाई
आफ्नै कोठाभित्र थुन्न फेरि मन लाग्यो !!

अमिलो पिरो सारै मन पर्छ भन्थिन्
त्यसैले चना चटपटे मेरी उनीलाई,
किन्न फेरि मन लाग्यो!
सपनीमा होस् या बिपनीमा,शायद टाढा भएर पो हो कि ,
मेरो उनीसँग सँगै हिंड्न फेरि मन लाग्यो!!!!!

राजेश रुम्बा लामा
G4S,Doha,Qatar,
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *