Skip to content

जवानी त्यो झुकाएर आयौ


फूल जस्तो जवानी त्यो झुकाएर आयौ
यौवनको प्यासी मात चुकाएर आयौ

मदहोसी मै रसपान गरी अधरको
गुलाबी ओठको प्यास सुकाएर आयौ

चर्किएको छाती भित्र बल्झिएका ब्यथा
परेलिको डिल डिल लुकाएर आयौ

अस्तित्व पातमाथि भो इज्जतमा दागी
बेअर्थमा लाज सर्म फुकाएर आयौ

2 thoughts on “जवानी त्यो झुकाएर आयौ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *