बाँच र बचाऊ तिमी भुन्टे,तिम्रो के नै हुन्छ
हाँस र हँसाउ कसले भुन्टे,तिम्रो के नै धुन्छ
सबै संग गर सत्य कर्म,तिम्रो के नै जान्छ
तिमी गुणी हौ भने भुन्टे,खोइ के नै गुन्छ
भाग्य भन्दा बढी भुन्टे, कसैले पाउनु छैन
भाग्य संग लड्दा भुन्टे, सबै मानिस रुन्छ
भाग्यलाई कुराई यहाँ,तिमीले गर्दा-गर्दै पनि
समय बिना कसले भुन्टे, तिम्रो के नै सुन्छ
समयसँग हाँस्न सिक भुन्टे, हत्केलामा हेरी
भाग्यमा”मृदु” नलेखी भुन्टे,तिम्रो के नै बुन्छ
मिना बान्तवा”मृदु”

मिना जी, अती राम्रो भावना
मिना जी, अती राम्रो भावना भुन्टे माथि
कविता बनाएर पोख्नु भएछ!
साह्रै खुशी लाग्यो यहाँको प्रगती देखेर!
धन्यवाद एकछिन भए पनि हसाएर मनोरन्जन
प्रधान गर्नु भएकोमा!
गीता थापा
ईजरायल
भाग्य भन्दा बढी भुन्ते कसैले
भाग्य भन्दा बढी भुन्ते कसैले पाउनु छैन,
भाग्य संग लड्डा भुन्ते सबै मानीस रुन्छ।
…..
समय संग हाँस्न सिक भुन्ते हत्केलामा हेरी,
भाग्यमा मृदु नलेखी भुन्ते तिम्रो के नै बुन्छ।
वाह.वाह..वाह…मिना जी,
अती मिठो गजल सारै मिठो
तपाईका राम्रा राम्रा कबिताहरु पढे पनी आज पहीलो पट्क कोमेन्त गरीरहेको छु साथमा बधाई दिईरहेको छु…
इन्द्र पुन
हैन भुन्टे पुन्टे जे भएनी गजल
हैन भुन्टे पुन्टे जे भएनी गजल सम्पूर्ण नियम प्रयोग गरिएको मा धन्यवाद, यो भुन्टे पुन्टे भन्दा अरु शब्द नै राखीदिए यो गजल गजबको गजल बन्छ, त्यसैले मिना जी गजल लेख्दा शब्दलाई प्रयोग गर्न मा ध्यान राख्नुहोला, हुन त म कुनै त्यस्तो समलोचक हैन एउटा साहित्यिक साथीको हैसियतले तपाईंको गजल उत्तम छ तर शब्द चयन अली फितलो बनाउनु खोज्नु भयो त्यसैले यो भुन्टे पुन्टे हैन अरु नै शब्द प्रयोग होस भन्ने मेरो धारणा छ धन्यवाद । यदी लेखाईमा गल्ती भए क्षमा पाउँ । ।
बि जे बान्तवा “पराईमान्छे”
मलाई पनी गजल राम्रो
मलाई पनी गजल राम्रो लाग्यो
अझ यस्मा भुन्ते भन्ने शब्दलाई रदिफको रुपमा प्रयोग गरेको भए झनै मिठो हुन्थ्यो जस्तो लाग्छ मलाई जस्तै
बाँच र बचाउ तिमी तिम्रो के नै हुन्छ भुन्ते।
हाँस र हँसाउ कस्ले तिम्रो के नै धुन्छ भुन्ते।।
भाग्यलाई कुराई यहाँ तिमीले गर्दा गर्दै पनी,
समय बिना कस्ले तिम्रो के नै सुन्छ भुन्ते।
मलाई लागेको मात्रै हो नरिसाउनु होला
yahalai dherai dhnybad
yahalai dherai dhnybad gairdif bneko gazal lai radif,hali murdif bhayo tapaiko ik sajasationle m khusi bhe malai pani manma chi khadko lagi raheko thiyo tapaiko ek sajesanle mero lagi milion bho yaha jo hunu bhae pani muri muri dhnebad chh.
mina bantawa”mridu ”