Skip to content

मैले हुन्न भन्दा खेरी


मैले हुन्न भन्दाखेरि आँखाभित्र साँच्छु भन्यौ
हजार गल्ती माफ गरी मुटुभित्रै राख्छु भन्यौ

विश्वाश गरी माया लाएँ मैले चोखो मुटु साटी
हाँसो लुटी टाढा भयौ माया बस्ने मुटु रेटी

अबुझ छौ जस्तो मलाई लाग्दैनथ्यो तिमी
एक्कासि मलाई भूली टाढा त्यसै गयौ तिमी

जून पनि अस्ताई दियो एक्लो मलाई छाडी
जूनभन्दा नि माथि तिमी बाँचाबन्धन तोडी

माफी दिने नाउँमा एउटा गल्ती थपिदियौ
आफ्नो सोच्नु मेरै भूल आखिर पराई भयौ

गीता थापा (दोषी)
हाल ईजरायल

4 thoughts on “मैले हुन्न भन्दा खेरी”

  1. गीता जी राम्रो कविता लेखनु भो
    गीता जी राम्रो कविता लेखनु भो राम्रो लग्यो मलाई वास्तबिकता झल्किएको छ कवितामा l

    मैले हून्न भन्दा खेरी आँखा भित्र साँच्छु भन्यौ
    हजार गल्ती माफ गरी मुटु भित्रै राख्छु भन्यौ

    गीता जी यी त् सब भन्नेकुरा न हुन् तर जानी जानी वा अन्जानमा सबै संग भुल हुन्छ छोडेर जानी ले हाजारलाई रुवाएको हुन्छ ल निरन्तरताको लागी सुभकामना छ l

  2. गीता jee हुन त शायद कमेन्ट
    गीता jee हुन त शायद कमेन्ट गर्ने मेरो शब्द नहुन सक्छ , तरै पनि तपाईंको गितिकबिताको यो झंक्रित झंकार झक्कास छ यस्तै दमदार प्रस्तुती दिंदै जानुहोला धन्यवाद ।।।।

  3. माफी दिने नाउमा एउटा गल्ती
    माफी दिने नाउमा एउटा गल्ती थपिदियौ” आफ्नो सोच्नु मेरै भूल आखिर पराइ भयौ”” ) गीता जी तपाइले एकदम राम्रो कविता लेखि प्रश्तुत गर्नु भएकोमा धेरै धेरै धन्यबाद छ ! मलाई पनि तपाइको जस्तो कविता रच्ना लेख्न आए म पनि तपाइको प्रश्नको उत्तर अबश्य पठाउने थिए !

    आकास राना (तनहुँ)
    हाल साउदी अरेवीया (दम्माम सी-पोर्ट)
    एस. दी. आर.एस. फ्री जोन एल टी डी.

Leave a Reply

Your email address will not be published. Required fields are marked *