Skip to content

गुहार बुद्ध गुहार


मुर्ति बिरोधी तिम्रै मुर्तिहरूले गल्ली गल्ली ढाकिसके
शान्तिप्रिय नेपाली आखाहरू बाटो हेर्दै थाकिसके
मौलिक हक र अधिकारहरू नावातामे भएर ढलिसके
सह अस्तित्व सहकार्य र सहमति पत्कर सरी जलिसके
        नेपाली जनताले शान्ति पाउनु पर्छ
            हो बुद्ध तिमी फेरि आउनु पर्छ
पुस्तक छाडेर नेताहरू सड्यन्त्रका  दस थोक पढ्न थाले
विकासको सगरमाथा छाडेर बिनासको ज्वालामुखी चडन थाले
आफु र आफ्नो पार्टी सर्बोत्तम भन्दै अरुलाई धारेहात पारी सके
यहाँ भन्दा अत्याचार सहन सक्दैनौ बुद्ध हामीलाई जिउदै मारिसके
                 साँच्चै बुद्ध
शान्ति प्रक्रियालाई भड्खालोमा  पारिसके
नेपाली जनताहरूले शान्ति पाउनु पर्छ
हो ! बुद्ध तिमी फेरि एक पटक आउनु पर्छ
गुहार बुद्ध गुहार
गुहार बुद्ध गुहार
 
बिमल गौतम
मोरंग
हाल साउदी अरेबिया

5 thoughts on “गुहार बुद्ध गुहार”

  1. Awwwwwwww Bimal ji
    Awwwwwwww Bimal ji hajurlai haaardik badhai sahit yasari shaantidut budhalai samjhinu vako ma so tnx la..hajurko lekhai ramro 6 ,assa ra biswas garau feri pani yasari ai llekhnu huni 6….ra hamile padna pauni 6…

    rajesh rumba lama

    doha qatar

  2. राजेश जी यहाँ को सकारत्मक
    राजेश जी यहाँ को सकारत्मक प्रतिक्रिया को लागि धन्यवाद देश को हालत मा नेता को हेल्चेक्र्याई देखेर बुद्ध लाई गुहार गरेको हु यो देश को आवस्यकता हो भन्ने लाग्छ यहाँ हरु को प्रतिक्रिया मेरो साहित्यिक यात्रा को मार्ग हुनेछ धन्यवाद

    बिमल गौतम

  3. Yo budwa sambandhi korieko
    Yo budwa sambandhi korieko kabitaa, euta hamro dehsko kabitaa ho, yasalaai bujhna aabsyakta chha kabitale k bhanna khojeko ho manana garna aabsyaakta chha , yo kabitako janmadaataa bimal jee ma dhaerai dherai dhnyabaada…..

  4. Bimal ji man paryo.. hajurko
    Bimal ji man paryo.. hajurko sahittik yaatra safal hos . mero subhakaamana chha.
    नेपाली जनताले शान्ति पाउनु पर्छ हो बुद्ध तिमी फेरि आउनु पर्छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *