Skip to content

अझै बाँकी छ

  • by


मेरो सासमा तिम्रो मिलनको आस अझै बाँकी छ
मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ

भुल्न सकिन्छ कसरी धराकास मिलनको रात
जिन्दगीमा तिम्रो अँगालोको आभास अझै बाँकी छ

सागरमा डुबेर नै बित्यो सारा जिन्दगी जब
मरुभुभिय अतृप्तिको एहसास अझै बाँकी छ

आज भोलि मौसम खराब छ ए मेरो दु.खी मन
उन्को र मेरो सुवासित मधुमास अझै बाँकी छ

तिम्रो नाम लिएर बाँचेकोछु हरेक धड्कन
यो ओठमा तिम्रो अधरको सुवास अझै बाँकी छ

कति पीडा, कति हुर्मत तिरस्कार सहनु पर्यो
फेरि पनि जिउँदो छु भन्ने कटुमास अँझै बाँकी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *