Skip to content

मैले छोएको पानी चल्दैन

  • by


धेरै धेरै सम्झाएँ मैले उसलाई
तर सकिन
प्लिज, तपाईंहरु सक्नुहुन्छ कि ?

बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन
नआऊ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन

हेलामा बाँचिरहेछु कसरी तिमीलाई समेटुँ?
के लेखिदियो भावीले कसरी यसलाई म मेटुँ?
शीतको थोपा हुँ म मन्दिरको जल होइन
नआऊ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन

सधैँ म रमेको हुन्छु आफ्नै छायाँको साथमा
बुझ्नै सकिन मैले कुन्नि के राख्या छ जातमा
दक्षिणको घाम हुँ म पश्चिममा ढल्दैन
नआऊ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन।

शब्द – बिनु काफ्ले
स्वर, संगीत – यश कुमार

Leave a Reply

Your email address will not be published. Required fields are marked *