किन जुधे आँखा भन्थे माया बस्न रैछ
किन बस्यो माया भन्थे मुटु दुख्न रैछ
आँखा जुधे माया बस्यो मुटु किन दुख्नु
भाग्यलाई दोषी ठान्थे ज्यानै किन सुक्नु
किन चिम्ले आँखा भन्थे मनले देख्न रैछ
किन देख्यो मनले भन्थे दुखी हुन रैछ
एक्लो पनि यात्री हुन्छ एक्लै हिँडिरहुलाँ
सागर बिच एक्लो डुंगा किनार कहिले पाउला
किन चिहायो जुनले भन्थे झुक्याउन रैछ
झुक्याएको किन भन्थे आाँसु झार्न रैछ
शब्द – लय संग्रौला
स्वर – जयन्तीमाला खनाल
संगीत – राम थापा
एल्बम – एक मुटु अनेक ढुकढुकी
