साहित्य त धेरै पढें, एउटै भावले मन छोयो
गाली बचन धेरै सहें, एउटै शब्दले मन रोयो
फूल त धेरै देखें, एउटै फूलले सुवास छरिरह्यो
रंगी बिरंगी धेरै थिए, एउटै रंगले मन रंगिरह्यो
हेर्न् त धेरैले हेरे, एउटै आँखाको हेराइले तानिरह्यो
नशा धेरै स्वादका थिए, एउटै नशाले मन मातिरह्यो
भित्र घाऊ त धेरै थिए, एउटै घाऊ सधैं दुखिरह्यो
गीत संगीत त धेरै सुने, एउटै ध्वनि गुन्जिरह्यो
मैले गुमाउन त धेरै गुमाऐं, एउटै पश्चताप बल्झिरह्यो
आदन-प्रदान धेरै गरें एउटै हिसाब मनमा अल्झिरह्यो

Antar man ko bhawanalaai
Antar man ko bhawanalaai pokhna khojnu bhaeko maa yo majheri ko paato maa dhanyabaad, aakhir maanchhe ko euta naso gunaso nai ta euta sahitya pani hudo rahechha…..
गल्ति गर्नु प्रायास्चिता गर्नु त्यो दुवै बराबरी
यदि दुवै नगर्ने त मान्छे नै हुन्नन कठैवरी !
badhai..
Nice Gajal
Nice Gajal
tpaiko vabna ra sabda sabai
tpaiko vabna ra sabda sabai ramro 6, tar GAZAL banna bhane skena tasartha aru sathiharuko GAZAL adhyan garna hardik anurodh gardchhu.
– Gorkhesailo, chitawan, nepal.
gorkhesailo@yahoo.com
गोर्खे साईलो जी
नमस्कार !
गोर्खे साईलो जी
नमस्कार !
जीवनको पहिलो चोटी मेरो आफ़्नो रचनालाई गजल भनेकी थिएं । हो, म आफ़ैलाई गजल हैन पजल भएको मह्सुस गरेकी थिएं । गहन सल्लाहको लागि बि. जे. बान्तवा जी लगाएत तपाई हार्दिक धन्यबाद !!!
साथै मनोज जीलाई मेरो सलाम !!!
स्नेही बहिनी यसरी लेखिदिनु भए
स्नेही बहिनी यसरी लेखिदिनु भए तपाइँको गजलको संरचना बन्ने थियो कि भनेर मैले तपाइँको गजल अलिकती परिमार्जन गरेर पठाउने दृष्टता गरेँ कृपा दुःख नमानी दिनुहोला है ।
उही दाजु गोर्खेसाइँलो ।
तपाइँकै गजल
साहित्य त धेरै पढें, एउटै भावले मन छोयो
गाली बचन धेरै सहें, एउटै शब्दले मन रोयो
फूल त धेरै देखें, एउटै फूलले सुवाशले बेहोस छु
रंगी बिरंगी धेरै थिए, एउटै रंगले मन रंगीरहयो
हेर्न् त धेरैले हेरे, एउटै आँखाको मोहनीले सतउँदा
नशा धेरै स्वादका थिए, एउटै नशाले मन मातिरहयो
भित्र घाऊ त धेरै थिए, एउटै घाऊ पीडादायी बनेछ
गीत संगीत त धेरै सुने, एउटै ध्वनी गुन्जिरहयो
मैले गुमाउन त धेरै गुमाऐं, तर एउटै पाउन सकिन
आदन-प्रदान धेरै गरें एउटै हिसाब मनमा अल्झिरहयो
छक्कु जी
एउटा ले नै हो मन
छक्कु जी
एउटा ले नै हो मन चोर्ने दुइटाले चोरे बित्यास पर्छ .
राम्रो लाग्यो यहाँ को रचना
बिमल गौतम
काठमाडौँ
आदरनिय गोर्खे दाजु
आदरनिय गोर्खे दाजु
नमस्कार !
मेरो रचनालाई अमुल्य समय दिएर कष्ट गरिदिनु भएकोमा ह्र्दय देखि कृतज्ञ छु । साथै धेरै धेरै धन्यबाद !!!
छक्कु उदासी