अब माया लगाउदिन
खुट्टा मेरा कमाउदिन
कनिकुथी शब्द बुनी
आतशबाजी जगाउदिन
उन्को पिडा आफ्नो ठान्दै
अश्रु धारा बगाउदिन
दैलो खोज्दै आउने खुशी
ढ्याङ्ग्रो ठोकी भगाउदिन
फेद मै कुरी बस्छु बरु
पासे हाँगो समाउदिन
फस्टाउनेछ झुटको खेती
तर बिउ जमाउदिन
बल्ल तल्ल टालें दिल
फेरी चक्कु उधाउदिन

अनुभव जी … !!
राम्रो लेखनु
अनुभव जी … !!
राम्रो लेखनु भयेछ यो गजल पनि.. केहि दिनदेखि हजुरको गजल को पर्खाइमा थिएँ म
खुसि लग्यो आज फेरी यो रोमान्टिक गजल छोड्नु भो …….
कनिकुथी शब्द बुनी
आतशबाजी जगाउदिन
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<< go
अनुभब जि,
अघिल्ला गजलहरु
अनुभब जि,
अघिल्ला गजलहरु भन्दा फरक पाएँ यध्यपि गजल राम्रो लाग्यो।
निर्मला थापा,
मनोज जि र निर्मला जि
मनोज जि र निर्मला जि प्रतिकृयाको लागि मुरिमुरी धन्यवाद