समाज र मान्छे
आँखा चिम्लिएर म
उभिएकी छु ऐनाअघि
म एक अजीव चित्र ऐनाअघि।
किताब बेच्न जॉंदा
ऐना बोकेर ल्याएँछु
यो बोझ
व्यर्थै अन्धाहरूको शहरमा।
अस्मिता
असंख्य वलिदानी आत्माहरूको उपज हुनुपर्ने
यो हाम्रो स्वतन्त्रता
यो हामीले पाए झैं लाग्ने प्रजातन्त्र र अधिकार।
ऐनाअघि
प्रेयसीको अनुहारसॅंग अनुहार तुलना गर्न
शायद
उत्ताउला ठिटाहरू उभिने ठाउँ यो।
अन्तिम प्रहर
छाल उर्लिँदै आइरहेको थियो
जलराशीको घेरो घॉंटीबाट मास्तिरतिर उक्लिँयो
त्यसपछिको विवरण मलाई खास सम्झना छैन।
आरोहण
म एकजना आरोही
कञ्चनजङ्घा चढ्दैछु
महङ्गीको।
