Skip to content

एकलाशमा टोलाएर

  • by


कति सारो रोयौ तिमी एकलाशमा टोलाएर
काख न्यानो छामी बस्यौ साथमा मलाई बोलाएर

के के सोच्यौ मनभरि बियोगको बर्षा झारी
सँगै बस्छु भन्थे सधैं तिमीलाई खाटमा खेलाएर

बिछोडको आगो तापी पिल्सिएर बाँचेको छु
किन गयौ यति चाडै यस्तो भासमा गलाएर

साथ हाम्रो हात हाम्रो ममताले बाधेका थियौ
कोहिले टाडा नजनु है सिंदूर माथमा सजाएर

लखनपुर ३ झापा ,नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *