Skip to content

यही धर्ती मञ्जिल हो

  • by


यही धर्ती मञ्जिल हो स्वर्ग-नर्क छल हो
पाप-पूण्य केही हैन कर्म ठूलो फल हो ।

साहसका धारसँग के नै हो र तर्बार ?
आँट भए हारिँदैन सङ्कल्प नै बल हो ।

माथिमाथि देखाउँछन् तारालाई गन्दछन्
आखिरमा पुरिने त माटोभन्दा तल हो ।

लामो भन्छन् आयुलाई नजानेर जिउन
समयको सागरमा यो त छोटो पल हो ।

कलकल ‘जीवन’ यो बग्छ ‘पानी’ बगेझैँ
संस्कारको प्रभाव नै शुद्ध गङ्गाजल हो ।

-कुलेश्वर-१४, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *