थामेर किन छोड्यौ हातहरू रोजेर किन तोड्यौ साथहरू
छोडेर गयौ सारा यादहरू रोएर बिते मेरा रातहरू
दुई किनाराहरू छोएर बग्ने तिम्रो बानी मैले चिन्न सकिन
तिमी बग्यौ कुन सागरमा मिल्न लहरहरू मैले भुल्न सकिन
धेरै पहाडहरू लुटेर भाग्ने तिम्रो कहानी मैले बुझ्न सकिन
तिमी उड्यौ कुन वसन्त छेक्न ओइलिएर फेरि म फुल्न सकिन
शब्द – सुरेन्द्र राना
स्वर – सुनिता सुब्बा
संगीत – राम थापा

malai ati man parne geet ho
malai ati man parne geet ho yo