Skip to content

कहाँ कहाँ खोजे तिमीलाई

  • by


कहाँ कहाँ खोजे तिमीलाई फोटो बोकी हिडें
बगैचाका फूलहरूलाई तिमी छौ कि सोधें
लजाएर फूलले भन्यो पिरतीको कथा
साटा साट घन्टौं गर्यौ मनका सारा ब्याथा
 
नसुनेर तिम्रो बोली पागलासरी हुन्छु
दूर दराज परदेशमा न्याउली झै रुन्छु
अंगालोमा बेरिरहने यो मनको धोको
सात जुनीसम्म पनि तिम्रो प्रेमको भोको

बेरिदेऊ न अंगालोमा आउन मेरी प्यारी
डर लाग्छ दूर हुँदा यो मन हुन्छ भारी
समीपमा तिम्रो काखमा घन्टौं निदाउँदा
जतनले बोलाउथ्यौ छेउमा कोही आउँदा

कहिले भेटौं कहाँ भेटौं यो मनले भन्छ
सात समुद्र पौडिएर तिमीलाई चुम्ने मन छ
तिमी नै पो आउँदैछौ कि चन्द्रमालाई सोधें
चाँदनीको रोशनीमा तिम्रो रूप खोजें

लखनपुर ३ झापा, नेपाल
हाल बहराइन ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *