Skip to content

मात्र झझल्को भयो

  • by


तिमी,
बर, पिपलको छहारी थियौ
त्यो गोरेटोको,
हर थकित बटुवाहरूको निम्ति
जो थकित अनी त्रिषित बनेर
तिम्रो शितलताको आशामा
तिम्रो कुटिमा बिश्राम गर्न पुग्दथे
हो म पनि त्यही बटुवा मध्ये
एक थिएँ जस्लाई तिमीले
हाँसी खुशीले स्वागत गर्थ्यौ
मेरो भोक,रोग,शोकको ख्याल गर्थ्यौ
आफू आधा पेट खाएर पनि
मेरो र साराको भोकलाई प्राथमिकता दिन्थ्यौ
त र अनायस मैले सुनेँ
अब तिम्रो अस्तित्व छैन रे
तिमी त यो धरतीलाई छाडेर बिलिन भयौ रे
म कसरी विश्वाश गरुँ ?
तिमी त्यती निर्दैयी बनेर
हामीलाई त्याग्छौ भनी ?
म कसरी मन थामुँ ?
अब हाम्रो मिलन असम्भव छ भनी,
अनी म कसरी मानुँ ?
तिमी ओइलिएर झर्यौ भनी ?
तिमी त गुलाब थियौ
हज्जारौँ काँढा बिच पनि हाँसेकिथियौ,
तिमी त साहशी नारी थियौ
लाखौँ बाधा अड्चन पनि सहेकीथियौ
त र कस्तो बिडम्बना पर्‍यो ?
जस्को सामु तिमी थाक्यौ गल्यौ
अनी त्यो चौडा मन खुम्च्याएर
म्रीत्युको काख रोज्न पुग्यौ ।
जब सुनेँ मैले तिमी अस्ताएको खबर
मेरा आँखा अघाडी छाउन थाले
हाम्रा अतितहरू,
कहिले तिम्रो दु:ख छचल्किंदा
मैले शान्त्वनाले पुछिदिएको
कहिले पीडाले म आक्रान्त बन्दा
तिम्रा आश्वासनरुपी हातहरूले
मलाई राहत दिएको ।
हो म कसरी भुल्न सक्छु र ?
थोरै खुशीमा पनि हामी
रमाएका क्षणहरू।
झझल्को बनेर छाइरहेछ यसघडी,
त्यो आङन, त्यो गोरेटो
जहां हामी मनको गाँठो फुकाएर
ब्यथाहरू साट्ने गर्थ्यौँ
अनी जत्तिबेला हामी एकार्काको
पर्यायी बनेर मीठा सपनाहरू बाँडेर
हरपल काट्ने गर्थ्यौँ
त र अफ्सोच!
सब सपना भए
हाम्रा साथहरू मात्र, अब झझल्को भए
मात्र झझल्को भए ।

(भर्खरमात्र मेरी जेठानी दिदी ब्रेनक्यान्सरबाट बित्नु भयो वहाँको सम्झनामा यो कबिता परदेशबाट )

(अमेरिका )

Leave a Reply

Your email address will not be published. Required fields are marked *