Skip to content

“एक नजर हेरे पुग्छ ”


(एक नजर हेरे पुग्छ)2 प्यार चाईदैन
त्यो भन्दा अर्को ठूलो संसार चाईदैन !

याद आउदा एक पल बस एक पल सम्झिदीनु
बरु मलाई जीवनको आधार चाईदैन….
त्यो भन्दा अर्को ठूलो संसार चाईदैन !!

(प्लमोनरि धमनी, प्लमोनरि शिरा तिमी)2
भइदिए मुटुमा रक्तसंचार चाईदैन….
बरु मलाई जीवनको आधार चाईदैन !!

(तिमी मेरो भन्ने बिश्वास दिलाउन सक्छौं भने)2
अरु कुनै मायाको उपहार चाईदैन….
बरु मलाई जीवनको आधार चाईदैन !!

एउटा वार एउटा पार हुनुको के अर्थ
एउटा वार एउटा पार हुनुको अर्थ !
भो मलाई नदीको किनार चाईदैन
एक नजर हेरे पुग्छ प्यार चाईदैन….
त्यो भन्दा अर्को ठूलो संसार चाईदैन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *