यमराजको भरौटेले, डस्न बाँकी छ
मुटुमा तिखो छुरी, धस्न बाँकी छ
मरेतुल्य भा’ छु यहाँ जिउँदो लास झैं
हो मलाई चितामा मात्रै कस्न बाँकी छ
गेरुबस्त्र त लगाइसकें मैले पनि
अब मात्रै खरानी धसी बस्न बाँकी छ
दुनियाँको नजरबाट गिरिसकें म
आखिर तारे भिरबाट खस्न बाँकी छ
बिषाक्त नसा पिउन थालिसकें मैले
बौलाएर खिलाफी बन, पस्न बाँकी छ
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा कतार
