बाच्थे साथ पाए तिम्रो पानि नभए पनि
काट्न्थे दुखैमा बरु म बानी नभए पनि
धन्य हुन्थे सम्झिदिए जिबन भर मलाई
सीमा हुन्थेन खुसीको रानी नभए पनि
तिम्रो नजरमा म खुसि नियाल्छु संसारको
छैन आपत्ति आखाको नानी नभए पनि
काफी छ हाम्रो यही प्रेमको सानो संसार
धन र दौलतको खानी नभए पनि
मुना र मदनको जस्तै होस हाम्रो जोडी
बाची रहोस हाम्रो प्रेम हामी नभए पनि
बाच्थे साथ पाए तिम्रो पानि नभए पनि
छैन आपत्ति आखाको नानी नभए पनि
हेटौडा ६ चौघडा

मुना र मदनको जस्तै होस हाम्रो
मुना र मदनको जस्तै होस हाम्रो जोडी
बाची रहोस हाम्रो प्रेम हामी नभए पनि
बाच्थे साथ पाए तिम्रो पानि नभए पनि
छैन आपत्ति आखाको नानी नभए पनि
सुन्दर लाग्यो भावनाको छालहरु लेख्दै जानुहोस सिताराम जी अबस्य गन्तब्य कहीं नजिकै छ ।