Skip to content

आज भोलि टाढिदैछौ


आज भोलि टाढिदैछौं, यति छिटो अघायौं कि
मेरो माया लत्याएर अन्तै माया लघायौ कि

तिमीनै तँ एकथ्यौ जस्लाई आफ्नो ठान्थे
मेरो खुशी चुँडेर अन्तै दियो जघायौ कि

सुनकोशीले सुसाइँ सुसाइँ मलाई चिहाउँछ
कतै मेरो तस्बिर तिम्ले त्यहाँ बगायौं कि

संसार मैले भुलिदेथे न्यानो तिम्रो साथ पाई
नबोलेरै टार्छौ आज बोली अन्तै सघायौ कि

हिजो आज टाढिदैछौ, यति छिटो अघायौं कि
मेरो माया लत्याएर अन्तै माया लघायौ कि

गीता थापा (दोषी)
हाल-ईजरायल

1 thought on “आज भोलि टाढिदैछौ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *