Skip to content

भाग्यमा नलेखेको माया

भाग्यमा नलेखेको माया मागेर पाइदैन नानु
माया त आँफै हुन्छ त्यो लाएर लाइदैन नानु

टिकेट काटेरहेर्ने दुईघण्टाको रमिता होइन माया
साँच्चो माया अरुको करले दायेर दाइदैन नानु

कतिले भन्छन तिमी बिना म मरी हाल्छु नि
धरोधर्म सबैलाई ज्यानदिने कसम खाइदैन नानु

चाहानानै मरिसकेपछी कसरी साट्नु मन र मुटु
बिनासित्ती चौंतारी कसैको निम्ती धाइदैन नानु

सपना र कल्पनाको कुरा शायद पागल पन होला
छायाँ बनेर सबैको दिलमा नसोंच्नु छाइदैन नानु

गीता थापा (दोषी)
हाल ईजरायल

4 thoughts on “भाग्यमा नलेखेको माया”

  1. कतिले भन्छन तिमी बिना म मरी
    कतिले भन्छन तिमी बिना म मरी हाल्छु नि
    धरोधर्म सबैलाई ज्यानदिने कसम खाइदैन नानु

    wa wa yathartha chha gajal

    Bimal
    KTM

Leave a Reply

Your email address will not be published. Required fields are marked *