Skip to content


कतै भाग्य मेरो टरेको थियो कि ।
सिसा झैं फुटी यो झरेको थियो कि ।

डुबेको छ डुङ्गा नदीमाझ आज
नदीपार माझी मरेको थियो कि ।

सुकेनन् परेली अझै झर्छ आँसु
अचानो दिलैमा परेको थियो कि ।

गई मन्दिरैमा पुजेँ धूप बाली
न त्यो दैव डेरा सरेको थियो कि ।

कसैले सुनेनन् दुखेसो कथा यो
सबैले नसुन्ने गरेको थियो कि ।

मुतकारिब बहर
जुरोपानी- ४ झापा हाल: काठमाडौँ

2 thoughts on “कतै भाग्य मेरो”

  1. डुबेको छ डुङ्गा नदीमाझ
    डुबेको छ डुङ्गा नदीमाझ आज
    नदीपार माझी मरेको थियो कि ।
    really niche sher……and nice & great ghajal too…

Leave a Reply

Your email address will not be published. Required fields are marked *