तिमी सुन्दर छौ तिमीलाई अझ सुन्दर पार्न मन लाग्यो
त्यो इन्द्रेणी सिउँदोमा सिंदूर छर्न मन लाग्यो
शरदको जून राम्रो हुन्छ वर्षामा रुझेको झन राम्रो
रेशमी बादलबिच लजाई आधा लुकेको अझ राम्रो
तिम्रो घुम्टो आधा उघारी चियाई हेर्न मन लाग्यो
त्यो इन्द्रेणी सिउँदोमा सिंदूर छर्न मन लाग्यो
मायाको फूल कस्तो हुन्छ मायाको बगैचा कस्तो हुन्छ
तिम्रो हाँसो जस्तो हुन्छ अथवा ओठ जस्तो हुन्छ
माया फुल्ने ओठहरूमा सुवास भर्न मन लाग्यो
त्यो इन्द्रेणी सिउँदोमा सिंदूर छर्न मन लाग्यो
शब्द-किरण खरेल
स्वर-उदित नारायण झा
संगीत-शिव शंकर