Skip to content


जीवन पनि रेलको यात्राजस्तै हो । कति चढ्छन्, कति उत्रन्छन् । भेट हुन्छ, केही समय सँगै बिताइन्छ । फेरि आफ्नो ठाउँ आएपछि छुट्टिनुपर्छ । समयसितै तिनीहरू विस्मृतिमा हराउँदै जान्छन् । सम्झेर साध्य पनि हुँदैन । तर, केही व्यक्ति यस्ता पनि हुँदा रहेछन्, जो बाँचुन्जेल स्मृतिमा बसिरहन्छन् । मेरो जीवनमा आएका त्यस्ता केही असाधारण व्यक्तिको यहाँ चर्चा गर्न चाहन्छु ।

मेरो बिहे २०१६ सालतिर बनारसमा भएको हो । ससुरालीबाट मलाई घुमाउने, सामान रोजाउने, नाप लिएर सुचीकारलाई दिने आदि कामका लागि एक जना व्यक्ति खटिएका थिए, निजुभैया (निजानन्द) । गोरो हँसिलो अनुसार, सरल सौम्य व्यक्तित्व । केही दिनको भेटमा नै उनी मेरा लागि विशेष हुन पुगे । त्यसपछि म बराबर उनको खोजखबर लिन थालेँ । उनको विवाह निकै धनी परविारकी कन्यासित भएको थियो । तर, आम्दानी र खर्चको सन्तुलन कायम नभएकाले संयुक्त परविारको अवस्था नाजुक बन्दै गयो । स्थायी व्यवसाय, व्यापार केही नभएपछि भएका सामान एकएक गरेर बेच्ने क्रम सुरु भयो । दाइजोमा पाएका सामान पनि रहेनन् । तर, त्यसरी कतिन्जेल धानिन्थ्यो र ! निजुभैयाकी श्रीमती पनि स्वाभिमानी थिइन् । बरु रूखासुखा आधा पेट खाने, एक छाक खाने तर माइत गएर हात नपसार्ने । छोरीले दुःख पाएको थाहा पाएपछि अरूमार्फत ससुरालीले निजुभैयालाई ठाउँठाउँमा जागिर लगाइदिए । तर, अन्याय नसहने, चाकरी नगर्ने, अनैतिक काम नगर्ने स्वभावका निजु कतै पनि टिक्न सकेनन् । बिल भर्पाइ मिलाएर खाने, भ्रष्टाचार गर्ने, कमिसन खानेहरूसित उनको घमासान परहिाल्थ्यो । जहाँ पनि उनी एक्ला वृहस्पति हुन्थे । आखिर मिलेर काम गर्न नसक्ने सनकी र झगडालुमा उनी गनिए । कतै उनलाई अवकाश दिइयो, कतै उनी आफैँ राजीनामा गरेर निस्िकए । ससुराली पनि हैरान । कति ठाउँमा लगाउनु ? पछिपछि त कसैले उनलाई राख्न नमान्ने भए । उनलाई ससुरालीमै बसेर व्यापार-व्यवसायको काम हेरििदन आग्रह गरयिो । तर, आफ्ना काकाका भतिजा-भतिजीहरूलाई छाडेर घरज्वाइँ बस्न तयार भएनन् । भिन्दै डेरा लिएर बस्न भनियो । त्यो पनि मानेनन् । अभाव र समस्याले गाँज्दै गएपछि परविारमा कलह बढ्न थाल्यो । आफ्नो आदर्श र मूल्यमा सम्झौता गर्न नचाहने उनको एकहोरो स्वभावबाट सब रुष्ट हुन थाले । कहीँकतै अन्याय, थिचोमिचो भयो कि खद्दरको कुर्था, पतलुङ र टायरको चप्पल लगाएर निजुभैया पुगिहाल्थे । अरू लफडामा को परोस् भनेर तर्किन्थे, उनी भने पाखुरा सुर्केर भिडिहाल्थे । न गरिब न धनी न हिन्दु न मुसलमान, उनी जहिले पनि सत्य र न्यायको पक्षमा कुर्लिरहन्थे । त्यसैले उनी कसैको पनि हुन सकेनन् । कमाइधमाई नास्ती, दिनरात परमार्थ र परोपकारको काममा उनी दौडिरहेका हुन्थे । सबले सम्झाउँथे आफ्नो कामसित मतलब राख किन बेकारमा झगडा मोल्छौ भनेर । के अन्याय-अत्याचार थिचोमिचो टुलुटुलु हेरेर बस्ने ? उनको जवाफ हुन्थ्यो । ससुराली मात्र होइन, उनको यस्तो चालादेखि घरका मान्छे पनि वाक्कदिक्क भइसकेका थिए । बनारसको अस्सी चोकमा उभिएर उनी मानवता, आदर्श र नैतिकताको कुरा गररिहेका हुन्थे । राजनीतिको अपराधीकरण र भ्रष्ट नेताहरूको विरोधमा उनी कड्किइरहेका हुन्थे । सुन्नेहरू अर्धसिल्ली भनेर हाँसिरहेका हुन्थे । त्यसपछि उनीसित मेरो भेट भएन । म पढाइ सिध्याएर धनकुटा डिग्री कलेजमा पढाउन थालेँ । पछि जागिरे भएर पाल्पा पुगेँ । बनारससित मेरो सम्पर्क टुट्यो । चिट्ठीबाट कहिलेकाहीँ खबर सुन्न पाइन्थ्यो । यसैबीच, एकदिन अजिताले सुनाइन्् । थाहा पाउनु भयो निजुभैया अब यस संसारमा रहेनन् । म स्तब्ध भएर हेरेको हर्‍यैै भएँ । रेलको लिकमा टाउको थापेर निजुभैयाले आत्महत्या गरेछन् ।

भूमिसुधार अधिकारीमा नियुक्त भएपछि म पाल्पा खटिएँ । त्यहाँ अर्को असाधारण व्यक्ति दिलबहादुर रानामगरसित मेरो भेट भयो । भर्खर भूमिसुधार लागू भएकाले कार्यालयका लागि घर खोज्नेदेखि सारा काम मैले आफैँ गर्नुपर्‍यो । कर्मचारी, स्वयंसेवक भर्ना गर्ने जिम्मेवारी पनि थियो । मोटरबाटो बनिसकेको थिएन । सुरुका दिनमा पैदल हिँडेर जिल्ला भ्रमण गर्नुपर्ने स्थिति थियो । वार्ड समिति गठन गरेर समयमै अनिवार्य बचत उठाउनुपर्ने भएकाले म धेरैजसो बाहिरै हुन्थेँ । त्यसबेला तानसेन बजारमा तरकारीको दुःख थियो । बटौलीबाट ल्याएको तरकारी एकैछिनमा हारालुछ भइहाल्थ्यो । पहाडबाट धेरै कम तरकारी आउँथ्यो हरेक बोहताको एक रुपियाँ । घोडाका लागि चना पनि किनेर राखिएको थियो । जिन्सी फाँटका खरदार दिलबहादुरले हरेक दिन आफैँ नापेर चना दिने गर्थे । एकपल्ट म जिल्ला भ्रमणमा गएका बेला पकाउनका लागि तरकारी केही नभएपछि अप्ठ्यारो परेछ । बजारमा पनि केही नपाएपछि कर्मचारीले नै सुझाएछन् । दुई मुठी चना मागेर गर्जो टारे भइहाल्छ नि भनेर । जिन्सी फाँटका खरदार एकोहोरो स्वभावका थिए । नियम-कानुन नछाड्ने, कसैसित नदब्ने । एक जना कर्मचारी चना चाहियो रे दिनूस् भन्न गएछ । घोडाका लागि किनिएको चना दिन मिल्दैन भनेर उनले फर्काइदिएछन् । म फर्केर आएपछि कर्मचारीले नुनचुक भरेर चना प्रकरणको बेलीविस्तार सुनाए । मैले दिलबहादुरलाई कार्यकक्षमा बोलाएँ । कुर्सीमा बस्न भनेँ । ठीक छ सर भनेर उनी उभिइरहे निहुरेर । उनी डराइरहेका थिए । मैले आफैँ अघि बढेर दिलबहादुरको काँधमा स्याबास भनेर धाप दिएपछि उनको शिर उठ्यो । तपाईंले जे गर्नुभयो बिलकुल ठीक गर्नुभयो । यो दुई मुठी चनाको कुरा होइन । सिद्धान्त र नियमको कुरा हो । तपाईंले त्यो दिन चना दिनु भएको भए अरूले पनि माग्थे । घोडाका लागि भनेर किनेको चना मान्छेको पेटमा जान्थ्यो । डराउन पर्दैन जानोस्, निर्धक्क भएर काम गर्नूस् । त्यसपछि मलाई नमस्कार गरेर उनी बाहिरिए । त्यस वर्ष मैले तक्माका लागि दिलबहादुरको नाम पठाएँ । उनले तक्मा भने पाएनन् ।

दुई वर्षपछि फर्केर म काठमाडौँ आएँ । पाल्पाका मान्छे मकहाँ आइरहन्थे । दिलबहादुरको विषयमा म सोधिरहन्थेँ । एकदिन उनै दिलबहादुर मेरो डेरा खोज्दै टुप्लुक्क आइपुगे । अलि बूढो, उदास र दुब्लाएको देखेँ मैले उनलाई । परविारलाई कस्तो छ, मैले हालचाल सोधेँ । ठीकै छ, छोरो भारतीय सेनामा छ, जहान सधैँको बिरामी यस्तै छ सर ! उनको जवाफ थियो । छोराले पनि बेलाबेलामा मद्दत गर्दो होला नि ! मेरो प्रश्नको उत्तरमा उनको संक्षिप्त जवाफ थियो, मलाई कसैको आश छैन सर ! यसपछि एकाएक मौनता छायो । उनका आँखा टल्पलाइरहेका थिए । केही समयपछि उनले व्यथा पोखे । मैले राजीनामा गर्ने विचार गरेँ । म बेइमानहरूसित बसेर काम गर्न सक्दिनँ । गलत काममा संलग्न भएर मलाई पापको धन खानु छैन । यताबाट गएपछि म राजीनामा गर्छु सर ! मैले दार्शनिक पारामा सम्झाउने कोसिस गरेँ । संसार आफूले भनेजस्तो हुँदैन । समाजमा बसेपछि कहिलेकाहीँ सम्झौता पनि गर्नुपर्छ । आफू बचेर काम गर्नूस् । उनीहरूले तपाईंलाई बिनाआधार निकाल्न सक्दैनन् । प्रतीक्षा गर्नुपर्छ तपाईंको पनि दिन आउँछ । मेरो कुराले उनलाई खास असर गररिहेको थिएन । अजिताले पनि धेरै सम्झाइन् । तर, उनी टसमस भएनन् । त्यसपछि दिलबहादुरसित मेरो भेट भएन । पाल्पाबाट आउनेहरूले सुनाए दिलबहादुरकी जहानको निधन भएछ । उनले राजीनामा गरेछन् । एक्लै बैरागीजस्तो भएर हिँड्ने गर्छन् । छोरासित पनि कुरो मिल्दो रहेनछ । अर्को बिहे गर्न पनि मानेनन् । एकदिन यस्तै कसैले सुनायो, दिलबहादुर अब यस संसारमा रहेनन् । उत्सुकतावश स्तब्ध भएर मैले सोधेँ, बिरामी थिए कि ? उसले संक्षिप्त उत्तर दियो, कुरो आत्महत्याको जस्तो छ ।

अब अर्को प्रसंग जोडाँै । नाति जन्मिएपछि हामीले अमेरकिा जानुपर्ने भयो । त्यसबेला छोराबुहारीहरू पोर्टल्यान्ड विभर्टनमा बस्ने गर्थे । वरपिरि जंगलले घेरिएको एपार्टमेन्ट निकै रमाइलो थियो । छेउमा एक जना भारतीय परविार पनि थिए । दक्षिणी भारतका सिवा र मुत्तु । यो खानपिन आहार-विहारको कुरा पनि शरीर अनुसार, देश परििस्थति अनुसार हुँदोरहेछ । सुत्केरीलाई खान भनेर सिवाले पठाएको रसम त्यसै खेर गयो । त्यस्तो अमिलो-पिरो रसम हाम्रा सुत्केरीले खानसक्ने कुरै भएन । तर, दक्षिण भारतमा त्यही रसम खाएर सुत्केरीहरू तङ्रन्िछन् । रहँदा बस्दा थाहा भयो सिवा अपांगहरूको स्कुलमा पढाउँदी रहिछन् । मुत्तु अरूतिरै काम गर्दो रहेछ । केही वर्षदेखि उनीहरू वैवाहिक जीवन बिताइरहेका थिए । एकदिन कुरै कुरामा बुहारी अनुजाले सिवालाई सोधिछिन्, तिम्रोचाहिँ बच्चा कैले हुुन्छ नि भनेर । प्रत्युत्तरमा सिवाले गम्भीर भएर जवाफ दिइन्, मेरो बच्चाबच्ची हुँदैन । मुत्तुसित विवाह गर्दाकै बेला उनले सर्त राखेकी रहिछन्, आफ्नो सन्तान नजन्माउने भनेर । म यिनै अपांगहरूलाई आफ्नै सन्तान सम्झेर माया गर्न चाहन्छु । आफ्नो सन्तान भयो भने यिनीहरू अर्काको हुन्छन् । म जीवनभर यिनीहरूलाई नै आफ्नै छोराछोरी मानेर सेवा गर्न चाहन्छु । त्यसैले मुत्तुसित मैले यही सर्त राखेकी थिएँ । उनले मेरो सर्त मानेर मेरो साथ दिएका छन् । म खुसी छु, सुखी छु । सिवाको यही सेवाभावको कदर गरेर उनलाई स्कुलले पुरस्कृत गरेको रहेछ । उनलाई ग्रीनकार्ड पनि तत्काल दिइएको रहेछ । यो सुनेपछि मैले सिवाको व्यक्तित्वमा अपरििमत मातृत्व भएको पाएँ । साताको दुई दिन अरू छुट्टी मनाउँथे, सिवा तिनै रोगी र विकलांग बालबालिकाको सेवामा तल्लिन रहन्थिन् । सम्झँदा लाग्छ, यस्ता पनि मान्छे हुँदा रहेछन् ।

नेपाल साप्ताहिक ३७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *