ठुलाहरुले साना कुट्या लेख्नु पर्छ गजल
ठालुहरुले ब्रम्ह लुट्या लेख्नु पर्छ गजल
माया ममता बिस्वासको खडेरी छ जताततै
बोक्सी भन्दै निर्दोस चुट्या लेख्नु पर्छ गजल
खबदार मै हु भन्ने कलम जिबिहरू सारा
गरिब किसान मजदुर जुट्या लेख्नु पर्छ गजल
शोषणको कालो पर्दा च्यात्नलाइ जुर्मुराउदै
शोषित हरु एक भई उठ्या लेख्नु पर्छ गजल
लखनपुर ३ ,झापा ,नेपाल
