Skip to content

सबै आदर्शहरू आऊ


जूनको शीतल किरण छरी बुद्ध तिमी आऊ
तिम्रो मातृभूमिलाई कहिल्यै नरुवाऊ
तिम्रो मातृभूमि जोगाऊ बुद्ध तिमी आई यहाँ
लुछ्ने बेच्ने भा’छ अहिले मातृभूमि जहाँ
चार जाति छतीस वर्ण नेपालीका जाति
प्रहार गर्दैछन एकाआपसमा छातीमाथि लाती

फूलको वासना छरी सीता तिमी यहाँ आऊ
बम बारुदको गन्ध आ’छ सधैंलाई हटाऊ
तिम्रो मातृभूमि जोगाऊ सीता तिमी आई यहाँ
तिम्रो माइती आपसमा लडी देश खोक्रो बनाँउदै छन् जहाँ

हिमालको जडीबुटी लिई भृकुटी तिमी नि आऊ
तिम्रो मातृभूमि छिया छिया भा’छ त्यसैले निको बनाऊ
तिम्रो मातृभूमि मात्रै होइन भृकुटी तिम्रो सन्तान नै
घाइते भो, देश रहे पो हामी रहन्छौ
त्यसैले सबलाई बचाउन तिमीहरू जस्तो मरेर नि नमर्ने
आदर्श व्यक्तिहरूको कर्तव्य हो……..

राजेश रुम्बा लामा .
दोहा कतार
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *