तिम्रो यादमा किन किन सपनी मै बर्बराउछु
कहाँ गयौ मेरी भनी सपनी मै बोलाउछु
नछामेको धेरै भयो ममताले तिम्रो हात
आउँदै छौ कि तिमी भनी बिपनी मै टोलाउँछु
दूर-दराज परदेशमा मुटुभित्र तिमी राखी
बहाउँछु नयन जल सिरानी मै बिलाउछु
पियरले तिम्रो मन छामेको छु गजलमा
उषा किरण उडाउँदा बिहानी मै लोलाउछु
लखनपुर-३ झापा ,नेपाल
हाल: बहाराइन्
