कहिल्यै नहार्ने बिशाल हृदय,लिएर बाँच्नु पर्छ।
हाँस्ने रुने सबैको साथ, दिएर बाँच्नु पर्छ।।
कहिले काँही जिउँदो लास,जस्तै लाग्ला जीबन,
एकै दिनको झुल्के घाम, जिएर बाँच्नु पर्छ।
काला काला मेघ जुधी, निरन्तर श्रावण बर्षदा,
बग्नु हुदैन भेल संगै, पिएर बाँच्नु पर्छ।
सयौ घुम्ती, पहाड आउलान, जीवन नामको यात्रामा,
पठ्ठर फोर्ने फलाम जस्तै, खिएर बाँच्नु पर्छ।
आफनैले पनी च्याटन सक्छन, अमुल्य हाम्रो जीवन,
फाटे पनि सयौं चोटी, सिएर बाँच्नु पर्छ।।
इन्द्र पुन “इन्द्रेणी” !
रुकुम,कोल,नौं,गर्खानी !!

its fantastic
its fantastic
कहिले काँही जिउँदो लास,जस्तै
कहिले काँही जिउँदो लास,जस्तै लाग्ला जीबन,
एकै दिनको झुल्के घाम, जिएर बाँच्नु पर्छ।
साँच्चै मन छुने लहर छन् !