त्यहाँ तेत्रो भीड थियो तिमी देखिन
आँखा भरि पीर थियो तिमी देखिन
खोजि र’थें म यता उता हुलमुलमा
मुटु भित्र टीठ थियो तिमी देखिन
आँखा भरि पीर थियो तिमी देखिन
अलपत्र भइ भीडमा आँफै हराएँ
चक्राएको शिर थियो तिमी देखिन
आँखा भरि पीर थियो तिमी देखिन
सकिन म थाकें यो भीडमा खोज्न तिमीलाई
यात्रा साथ बिहीन थियो तिमी देखिन
आँखा भरि पीर थियो तिमी देखिन
हिडें यत्रो बाटो तिम्रै खोजिमा नै
फर्किन कठीन थियो तिमी देखिन
आँखा भरि पीर थियो तिमी देखिन

waw waw…dami…
waw waw…dami…