Skip to content

“म आल्मलिएको मानव”


मोहने लहराले घुमाएँ झैं घुँमिरहेछु
चारकोसे जंगल झाड़ीकोबिचमा
सधैंभरि अल्मलिएको म मानव
आज त्यहीं घनघोर झाड़ीमा घुँमिरहेछु
कतिको त यहाँ रात परेर जीवन लिला नै समाप्त भयो अरे
मेरो पनि सायद त्यस्तै त होला नि
मैले दिशा ठम्याउन कहिले सकिन अनि
म अझैं निशामा छु मलाई निशा लागिरहेको छ
उत्तर दक्षिण पूर्व पश्चिम छुटाउन अझैं सकेकी छुइन

म अन्योलको जीवन बिताई रहेछु
एकदम अन्योलको जीवन
कुहिरी मण्डलले मेरा आँखाहरू ढप्पई छोपेका छन
पश्चिममा डुब्दै गरेको घाम पूर्वतिर दुबे झैं देख्छु
दिन हो कि रात हो ठम्याउन सक्दिन

मलाई थाहा छ घाम पूर्वबाट झुल्किन्छ
र पनि म काँतर बेहोसी निसाको मातमा डुबिरहेछु
साच्चैं मोहनी निशाको झेलामा परेको छु
म मेरो मानव बस्ने मानवीय बस्ती खोज्दै हिंडिरहेछु
कुनै मानव हिडेको पाइलाहरू पता लगाउँन खोज्छु
कुनै सिधा गोरेटो पता लगाउनु खोज्दैछु
म आधी बाटोमा आल्मलिएको मानव हुँ
अनि फेरी घुँम्दै फिर्दै, घुँम्दै फिर्दै
फेरि त्यहीं पहिलेको ठाउँमा आई पुग्छु
त्यहीं मोहने लहरको फेदमा आई पुग्छु
सहारा थाकेर बिसाएको रुखको बोटमै आई पुग्दैछु
म मानव प्राणी पिउने पानि खोज्दैछु
भोक मेटाउन कन्दमूल खोज्दैछु

यत्र-तत्र पानी अमलाको बुट्टा माटोमा खोतल्छु
भोर्लेनिको बुट्टा नियाल्छु
पानी लहराको बोट खोतल्दैछु
तर म हारेको भोको मानव हुँ त्यसकारण
अघाउन पर्छ बाँच्न पर्छ स्वास बचाउनु पर्छ
फेरि म आफ्नै मानव बस्ती खोज्दै हिडेको मानव
मलाई पुग्नुको पनि अत्यन्तै जरुरी छ
मलाई हम्मे हम्मे परिरहेछ मानवीय बस्ती खोज्न
कहिले भीरको टाकुरामा बिसाउन पुग्छु
कहिले दुम्सीको पुरानो खार खाने गुफामा
कहिले डर लाग्दा सिंह बाघको पुरानो गुफामा पुग्छु
कहिले बेलाखा राजारानीको भष्मस्थित दरबारमा
त कहिले भताभुंगे राजाको भष्म अवशेष स्थित
पुरानो लथालिंगे दरबारमा पुग्छ
म अझैं मानवीय मेरो बस्ती खोज्दै हिंडिरहेको छु
आज त्यहीं घनघोर झाडीमा घुमिरहेछु
म अन्योलमा छु! म निशामा छु!! म निशामा छु!!!

मिना बान्तवा “मृदु”
झापा नेपाल
हाल इजरायल

2 thoughts on ““म आल्मलिएको मानव””

  1. मीना जी, कविता राम्रो छ। मैले
    मीना जी, कविता राम्रो छ। मैले हजुरका सब्बै लेखहरु पढ्दै आएको छु। तर मैले त्यो तस्बिर ठम्याउन सकिन। केको तस्बिर हो त्यो ? अनी के भन्न खोजेको होला तेस्ले?

    krishna

  2. krisna ji yahalaii dhnybad!
    krisna ji yahalaii dhnybad! chh.
    यो इजरायलको एतिहासिक खंडरको हो यो भित्र अलिक पसे पछि गुफा जस्तो छ अल्मालीने ठाउँ छ भनि एक जना साथीले दिनु भएको चित्र हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *