आंधी बाटो हिन्दै थिएं उनीलाई भेटें मैले
दोबाटोमा रोक्किएरै एउटा गजल लेखें मैले ।
इशाराले भाका हाल्दै लोलाएका आंखा उनका
दुइ नजर ठोक्किएरै एउटा गजल लेखें मैले ।
भएं म त देख्दा उनलाई तिर्खाएको प्यासी जस्तो
त्यै अधरलाई सम्झिएरै एउटा गजल लेखें मैले ।
हिंड्दा संगै छोटो यात्रा बोलिचाली बढ्यो
उनीसंग मस्किएरै एउटा गजल लेखें मैले ।
बात उनको मिठो हजुर सुन्दै मात लाग्ने
त्यै नशामा झुम्मिएरै एउटा गजल लेखें मैले ।
मनु लोहोरुङ
संखुवासभा
हाल : इस्रायल, तेलअविव

Manu jee, koshis garnuholaa,
Manu jee, koshis garnuholaa, prayaas raarmo chha, gajal ka kehi niyam huda raichhan tyo pani adhyan garnu hola, jasle tapaiko yaatraalaai ajhai sajilo banai dinechha, mero tarfa baata sahitya yaatrako lagi shubhakaamanaa.
BJ