Skip to content

पर्दैन अब मन्दिर जान!

पर्दैन अब मन्दिर जान!

पर्दैन अब मन्दिरमा जान,
नगरे हुन्छ पुजा पाठ
मन्दिर अब मन्दिर रहेन,
बनाई सकेको छ मसान घाट !
पुन्न्य कमाउने नाममा मठ मन्दिर होइन अब
बृदास्राम र अन्थालय धाए हुन्छ
लड्डु र कालो बोका चडउनाका सट्ट देवी देउतालाई
एक छाक भएनी दिन दुखिलाई भात खोए हुन्छ !!

कहा रह्योर देवी देउता अब,
मुर्ति आस्था सबै बेची खाए पछी
बेटी खाना सबै जना
आफ्नै मान्छे पुजारी राख्न चाहे पछी !
मार्ने,काट्ने राजनीति चल्छन यहाँ
धर्म र आस्थाको नाउमा,
देवी देउता सबै भागी सकेको छ
इज्जेत बचाउन नेपाली नपुग्ने ठाउमा !!

देवीको नाममा आफ्नु स्वार्थका लागि
बलि दिदै गरि रहेको छ हामीले पाप
सुख शान्तिका सट्ट,हत्या हिँसा
चलेको छ हामीमा पाएर देवी देउताको श्राप !!
सुख शान्तिका सट्ट,हत्या हिँसा
चलेको छ हामीमा पाएर देवी देउताको श्राप…………….

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *