भो अब नखाऊ बाचा कसम…….
भो अब नखाऊ बाचा कसम
मलाई लाग्छ यी सबै झुट्टा हो
नदेखाऊ मलाई फूलका गुच्छ्हरु
मलाई लाग्छ यी सबै उजाड्भुमिका ठुट्टा हो
भो अब नदेखाऊ माया ममत्ता
मलाई लाग्छ यी सबै उडी जाने हावा हो
भो अब हुन नखोज मेरो नजिक
मलाई लाग्छ यी सबै आफैलाई रेट्ने दावा हो
भो दाया -मायाका कुरा नगर
यो त हुनेखानेले बोल्ने भाषा हो
भो कुरा नगर पिरती लाउनेको
मलाई लाग्छ यी सबै जुवाडेको खेल्ने पासा हो
भो दाया -मायाका कुरा नगर
यो त हुनेखानेले बोल्ने भाषा हो
भो कुरा नगर पिरती लाउनेको
मलाई लाग्छ यी सबै जुवाडेको खेल्ने पासा हो ………….
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
