बिरानु लाग्छ
बिरानु लाग्छ आफ्नै गाऊ घर
बिरानु लाग्छ बन पाखा,
एक्लै टोलाउछु एकान्तमा
रसाउछ एकनास यी आखा !
बाच्ने आयो धेरै छैन
जस्तो लाग्छ आज,
रुमलिए जस्तो लाग्छ
एक्लै यो दुनिया माझ !!
चर्की रहन्छ छात्ती मेरो
हर बिहान -साझ ,
ढुक-ढुक्कीले सोधी रहन्छ
आफ्नु भन्ने कहाँ छ ?
उजाडियो जस्तो लाग्छ बस्ती
भेल पहिरोले आइ
त्यागाऊ जस्तो लाग्छ यी प्राण
बिषै – बिष खाइ !
धागो बिनाको चंगा जस्तो
लाग्छ मेरो जीवन ,
बिदुवाको केसमा लाउने जस्तो
सेतो सेतो रिबन
बिदुवाको केसमा लाउने जस्तो
सेतो सेतो रिबन …………..
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
