हजारौं बाधा र अड्चनहरुसग मुकाबिला गर्दै
आफ्नु भबिस्य सफल र सुखमय बनाउने
उद्देस्यले परदेश पसेका मेरा प्यारा परदेशी छोरी छोरामा
यो तिम्री पीडित नेपाल आमाको शुभ प्यारका साथै शुभ आशिर्वाद ।
यो बुढेसकालमा घरले जा-जा र बनले आइज-आइज भन्ने बेलामा पनि केबल तिम्रो मुहार हेर्ने आसामा एक मुठ्ठि सासलाई अल्झायर बचेकी छु। तिमीहरु बिदेसिएको पनि बहुत समय भयो र पनि यो पीडित आमालाई सम्झियर एक पटक पनि फर्केनौ किन ? तिमी जानेबेलमा भन्थेउ आमा तपाईंले ज्यादा चिन्ता नलिनु,म चडैनै फर्कन्छु। तर याहा तिमिजादा जन्मियका बच्चाहरु जवान भैसके। याहाँ प्रकृतिले पनि घुम्टो वढिसकेको छ। तिमिजादा याहाँ जति खुसि थियो आज त्यतिनै दु:ख र कस्ट बढेको छ याहाँ अहीले जताततै बिक्रिती छाएको छ सत्य र साचो कुरा बोल्न पाइदैन। बनी बुथो गरेर पकाको गास याहाँ खान पाइदैन। सारै नराम्रो हुरी चलेको छ । कुन बेला कुन घरको छानु उडाउने हो? त्यो केही थाहा हुदैन । हिजो शान्तिको ज्योति छर्ने बुद्द आज निदायका छन् । सदै हाम्रो सम्रक्ष गर्ने पशुपतिनाथ आज आफै अनाथ भयका छन् । ती मेरै काखमा सधैं मुस्कुराइ रहने हिमशिखरहरु पनि आज नरमाइलो सग नियास्राइ रहेका छन् । त्यहि हिमलमा रमायर रङ्गी चङ्गी गीत गाई नाच्ने डाफे,मुनल र मयुरहरु पनि अहीले निर्मोही भाकामा कराउन थालेका छन् । त्यती मात्र कहाँ होर हिजो आज घरको रक्षको लागि पलेको भोटे कुकुर पनि रातपर्न नपाउदै हुँ >> हुँ >>> गरेर रुन थालेको छ । खोरमा थुनेको पोथी कुखुरी पनि आधी रातमा नै कुखुरी का>> गरेर बास्न थालेकी छे । मलाई यी सारा कुराहरु हेरेर उदेक लागिरहेछ । गाउ मा सभ्यताको लहर छाउनु पर्छ भन्ने गर्थेउ तिमीले तर आज यही गाउमा दाईले बैनीलाई बैनीले दाजुलाई भाईले दिदीलाई दिदीले भाईलाई बिदुर र बिदुवा बनाउने सभ्यताको बिकास भयको छ । याहाँ मेघ गर्जेर चट्याङ परे सरी बन्दुकहरु पड्कने गर्छन् ।
त्यसैले छोरा छोरिहो मेरो सिर झुकीसकेको छ । किन तिमीहरु यो आमालाई छोडेर सदै परदेशमा बस्छौ? मलाइ त सङ्का लाग्छ कतै यो दुखी आमालाई बिर्सेकात हैनौ ? याहाँ प्रत्यके प्रकृतिले तिमीलाई नै निम्त्याइ रहेछ । म तिम्री आमालाई पनि अहीले तिम्रो अतिनै आबस्यक परेको कारण यसै “मझेरी” मार्फत तिमीलाई यो पत्र पठाउदै छु । यो पत्र पाएर पनि तिमी आएनौ भने भोली तिमीले मलाई आमा भनेर बोलाउन र मेरो मुहार सपनामा सिबाए देख्न पाउदैनौ । तिम्रो घर भडियको छ तिम्रो गाउ बरालियको छ । गाउलाई सभ्यताको गोरेटोमा डोर्याउन भाई-भाइमा भयको झगडालाई साम्य बनाउन निदायका बुद्धलाई ब्युझाउन हिमशिखरहरुलाई हसाउन दाफे,मुनाल र मयुरलाई नचाउन तिमी जसरी भएपनी आउनै पर्छ । त्यसैले पराक्रमी छोरी छोरा हो चाडै आउ भन्दै तिम्रो प्रतिक्षमा तिमिआउने बाटो टोलायर बस्ने म तिम्री आमा नेपाल। म तिम्रै आमा नेपाल।। म तिम्री आमा नेपाल।।।
