Skip to content

तिमी फूल हौ म चाहान्छु बन्न तिम्रै माली
साँचो माया गर्छु कसम नठान है जाली ।

एक्लै जिउन गाह्रो हुन्छ सोच वैँश छदै
एकलकाटे जिन्दगी बज्दैन एक हातले ताली ।

भन्छौ अरे उसले भन्दा बढी माया गर्छु म
सत्य माया गर्छौ भने भागिरहन्छौ किन खाली ।

लड्न तयार छु दुष्ट समाजसँग नडराऊ तिमी
एटम भन्दा माया हुन्छ सधैँ शक्तिशाली ।

कुरा बुझी तारा बनि छाइदेऊ गगनभरि
उराठ लाग्दो जीवन मेरो बनाईदेऊ हरियाली ।

www.kshitizpara.blogsome.com

3 thoughts on “तिमी फूल हौ”

  1. धेरै नै राम्रो छ मित्र। एकदमै
    धेरै नै राम्रो छ मित्र। एकदमै चित्त बुझ्यो। आफुले माया गर्ने मान्छेलाई यो भन्दा कती भन्नु?

  2. कुरा बुझी तारा बनि छाइदेऊ
    कुरा बुझी तारा बनि छाइदेऊ गगनभरि
    उराठ लाग्दो जीवन मेरो बनाईदेऊ हरियाली ।

    Ramro chha

  3. धन्यबाद मनसुनजी प्रतिक्रियाको
    धन्यबाद मनसुनजी प्रतिक्रियाको लागि ।
    Kedar Shrestha’Gagan’

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *