Skip to content

प्रवासी भूमिबाट प्रियसीलाई पत्र

  • by

हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रवासीभूमिबाट आज म तिमीलाई

यो पत्र कोर्दै छु
सन्चै छौकि बिसन्चो छ तिमीलाई

दिन रात तिम्रै यादमा तड्पिंदै छु
के छ गाउ घर तिरको नया खबरहरू

के छ तल्ला घरे कान्छी को हालचाल
बिहे भयो रे भन्ने सुन्दै छु आज

के छ छोराहरूको पढाई
स्कुल जादै छन् कि आन्दोलनमा होमिंदै छन्

के छ बाबा – आमाको खबर
सन्चै छन् कि बिसन्चो छ बाबा-आमालाई

के कस्तो छ यो बर्षको खेतीपाती
असिना पानीले सबै उडायो रे भन्ने सुन्दै छु

यो बर्ष पनि फर्की आउन पाइन प्रियसी
मेला पात गर्दै गर्नु प्रियसी तिमीले
अर्को बर्ष अवस्य पनि फर्की अउने छु प्रियसी
 
योगेन्द्र गिरी ,संघश,
धुपू-१ लेब्रंग

Leave a Reply

Your email address will not be published. Required fields are marked *