Skip to content

गीति कविता

मिठो रहेछ बोलि तिम्रो,राम्रो रहेछ रुपरंग,
देखे तिमीलाई छाउन थाल्यो,यो मनमा उमङ्ग !

बोल्यो तिमीले सुने मोइले,परे म त जालैमा
घर जाम जोडाउ जोड़ाउ लाग्यो,यो आउने सालैमा !!

घरजाम जोड्न स्वीकृतिको,हलाउनु तिमीले सिर
तिमी पाउन थापी दिन्छु छात्तिमा गोली-तिर !

बरु भन् के चाहिन्छ,फाल्नु परे फाल्छु ज्यान
लाहुरे बाउको छोरा हु म,नाडुलाउ तिमीले मन !!

पिन्सिन वाला घरमा बाउ छ,म नि लाहुरे कतारको
जब देखे तिमीलाई,घरजाम जोड्न हत्तार भो !

कमाइ ल्याउछु कतार बाट ,जे मन लाग्छ किनाउल
आगुंग सालता दुवै मिलि,छोरा डोराइ हिनाउल !!

छोरा हिड्लन पछी पछी,हामी चाहि अघि
पढ़ाउलानि छोरालाई राम्रो पाठशाल लगी !

बितौल नि सुखी जीबन,एउटा छोरा सन्तान
दुवै जना बिहान बेलुकी,गराउल गन्थन !!

हुन्छ भने परे म त, अब देखि तिम्रै भर
जे छ कुरा भनि हाला डिल्ल चाहि लौ नगर !

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *