आज भोलि गजल लेखनको एउटा लहर नै चलेको छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन । उनीहरुलाई डर छ कही कतै यो विधामा आफ्नो नाम नआउने पो होकि । कतै आफू पछि परिने पो हा कि भनेर । त्यसैले उनीहरु हत्तारिएका हुन । यो नेपाली गजलका लागि । हामी गजल प्रेमीहरुका लागि सफलताको कुरा पनि हो । यो हाम्रो लागि खुसीको कुरा पनि हो । अझ भन्दा यसलाई एउटा जीतको कुरा हो भन्दन अत्युक्ती नहोला ।
हुन त यति भएर मात्र गजलको विकाश भएको मानिदैन । यदि यतिलाई नै गजलको प्रगति भएको हामीले ठान्यौ भने त्यो किमार्थ सत्य हुदैन । त्यो हाम्रो भुल हुने छ । नेपाली गजललाई माथि उठाउन थुप्रै कामहरु वाकी छन । थुप्रै चुनौतिहरुको सामना गर्नुे छ । नेपाली गजलमा आज थुप्रै अवरोधहरु छन । थुप्रै चुनौतिहरु छन । तिनीहरुलाई पन्छाउदै जानु नै आजको आवस्यकता हो । गजलमा देखिएका वाधा अवरोधहरुको निराकरण गर्दै जानु हाम्रो र्तव्य पनि हो । हो आज त्यही समय आएको छ । गजलमा आज वाह्य मात्र होइन आन्तरिक रुपमा पनि आक्रमण भैरहेका छन । प्रयोगको नाममा होस या पमिार्जनको नममा होस गजललाई आज विकृत वनाउदै लगिएको छ । गजलललाई गेय विधाको रुपबाट अलग्याइदै एक पाठ्य विधाको रुपमा वदल्ने प्रयासहरु भैरहेका छन । अर्थात बहरबाट टाढा पारिदै छ । अर्थात गजललाई लयबाट टाढा पर्ने काम भैरहृको छ । यो राम्रो लक्षण होइन । यसको वारेमा सचेत हुनु पर्ने वेला आएको छ । यसका वारेमा गजल प्रेमीहरु एक जुट हुनु पर्ने वेला आएको छ ।
गजल नेपाली माटोमा भित्रिएको यतिका साल भै सक्दा पनि । गजलले यति धेरै प्रगति गरिसक्दा पनि आज सम्म गजललाई एउटा छुट्टै विधाको रुपामा स्वीकार्न कन्जुस्याई भैरहेको छ । आज पनि केही मानिसहरु गजललाई कविताको संज्ञा दिन र त्यही अनुसारको व्यबहार गर्न पनि पछि परिरहेका छैनन । आफ्नो पुरातन एवम् अग्रगमन विरोधी सोचलाई परिवर्तन गर्न चाहिरहेका छैनन । त्यसैले कहि गजललाई कविता र कही गीतकै श्रेणीमा राखिरहेका छन । हुन त त्यसो हुनुमा हाम्रो पनि एउटा कमजोरी रहेको छ । हामी हाम्रो रचना प्रकाशन मात्र भए होस भन्ठान्छौ तर यसको अस्तित्व के छ । यसले के प्रभाप कस्तो पर्छ भन्ने कुरामा ध्यान दिदैनौ । अर्थात हामीलाई मात्र हाम्रो रचना छापिए पुग्छ । त्यो गीतको नाममा छापियोस या कविताको नाममा । तर यो गलत हो । रचना छापिनु नै सवै थोक होइन । एक पटक सोच्नु होस त यदि कसैले तपाइलाई अरु नै कसैको नमा लिएर वोलायो भने कस्तो होला । के त्यो तपाईलाई पाच्य हुन्छ ? के तपाई त्यसलाई सहज मान्नु हुन्छ ? त्यस्तै गजललाई गजल नभनेर कविता वा गीत वा मुक्तक भन्दा कस्तो होला ? कस्तो लाग्ला ? के तपाईलाई यो चित वुज्छ ? के यो गजलको अपमान भएन र ? अनि गजलको अपमान भए पछि तपाई गजलकारको चाही के मान भयो र ? तपाईलाई आफ्नै अपमान भएको मन पर्छ र ? हो यसको लागि अव सोच्नु पर्ने वेला आएको छ । यसबाट वच्न के गर्नु पर्ला भन्ने जिज्ञासा आउनु स्वभाविक नै हो । यसको एउटा मात्र उपाय हुन्छ त्यो हो तिरस्कार । हामी त्यस्ता गजलको अस्तीत्व नस्वीकार्ने पत्र पत्रिकालाई वा संचार माध्यमलाई हामी हाम्रा रचनाहरु नदिन सक्नु पर्छ । र नदिनु नै वेश हुन्छ ।
हामी कलम चलाउछौ र चलाउदै आएका छौ पनि । तर किन हाम्रो कलम त्यस वारेमा चल्दैन ? त्यस्ता गल्ती जस्ले सुकै गरोस । ती पकिाहरु मधुपर्क होस या गरिमा जुन सुकै हुन तिनीहरुको कमजोरीको वारेमा लेख्नु पर्यो नि । (यहा आएका मधुपर्क वा गरिमा एउटा दृष्टान्त मात्र हुन) आफ्ना रचनाहरु प्रकाशित नगरिदेलान कि भनेर हामी कमजोरीलाई पनि कमजोरी भनेर भन्न डराउ छौ ।
अर्को कुरा भनृको हामी हामी विचमा पनि एकता छैन । नेपाली राजनीतिको प्रभाव गजलमा पनि नराम्ररी छिरेको छ । हामी पुर्वमा वस्ने पुर्वेली पश्चिममा वस्ने पश्चिमेली । हामी झापाली भापाली एक हुनु पर्द छ । हामी काठमाण्डौ वस्ने एक हुनु पर्द छ । भनेर गुट उप गुटमा विभाजित छौ । (यहा काठमाण्डौ, झापाली एउटा दृष्टान्तको रुपमा मात्र प्रयोग भएका छन) अनि यही अनुसार हामी व्यवहार गर्छौ पनि । नेपाली गजलका हामी पुजारी भएर पनि राजनीतिमा प्रभावित भएर व्यवहार गर्छौ । अनि कहा गजलको विकाश हुन्छ त । एउटाले ल्याएको सही कुरा नै भए पनि हामी विरोध जनाइहाल्छौ त्यही क्षत्रीयता र जातीयतामा अडिएर । त्यही अघिल्लो र पछिल्लो पुस्ताको संज्ञा दिएर ।
अनि हामी वीच श्रेय कस्ले लिने भन्ने वारेमा लडाइै नै हुन्छ । होड नै चल्छ । यदि मैले उस्को कुरामा सहमती जनाएँ भने त उसले श्रेय लिईजान्छ । उस्लाई सवैले चिनिजान्छन । म त पछि परि जान्छु नि भन्ने सोचेर हामी असहयागी वन्न पुग्छौ । असहमती जनाउन पुग्छौ । यही गजल संग संवन्धी बहस मै हेरौ न । सवैलाई थाहा छ यो आवस्यक्ता हो । गजलमा बहस चाहिएको छ । तर जुँगााको लडाईले गर्दा असहयोग पनि हुन सक्छ । अनामण्डली एवम् पल्लव लगायतका समुह तथा व्यक्तीहरुले गजलमा बहर आन्दोलन नै छेडेका छन । उनीहरुलाई नेपाली गजलको चिन्ता छ । गजललाई सही बाटोमा लैजान पाए हुन्थ्यो भन्ने सोच छ र हुनु पनि पर्छ । तर भित्र भित्रै बहर विरोधीहरु, जस्लाई गजलविरोधीहरु भने पनि गाह्रो नहोला । तिनीहरु नै आज खुट्टा तान्न तल्लीत छन । कसरी यिनीहरुलाई पछार्न पाए हुन्थ्यो भनेर हेरिरहेका छन । त्यस्तै यो स्तम्भकारले पनि गजलमा बहरको आवस्यक्ता छ । बहरको प्रयोगले गजललाई विगार्ने होइन अझ सुन्दर वनाउछ । यस तर्फ सोच्नु पर्छ । बहरको वारेमा अध्ययन गर्नु पर्छ कि भन्ने के आवाज मात्र निकालेको थियो । धेरैले यो त बहरवादी भयो । यो समयमा आएर बहरको कुरा गर्नु भनेको गजललाई पुरानै अवस्थामा पुर्याउनु हो । पुनः राजामहाराजाको कोटीमा छिराउनु हो भनेर विरोध गर्न थाले ।
नेपाली गजललाई अगाडि वड्न नदिने । अर्थात गजलको विकाश भएको हेर्न नचाहाने एउटा समुह छ । त्यो समुह शिक्षित छ तर साह्रै अज्ञानी छ । किन भने उनीहरुले हिजो गजलको वारेमा जानेनन वा जान्नै चाहेनन । अर्थात गजलको भविष्यनै देखेनन त्यतिखेर । त्यसैले उनीहरुले त्यो जान्न नचाहाएका पनि हुन सक्छन । उनीहरुले यस्तो सोचेको पनि थिएनन कि गजलले यति चाँडै प्रगति गर्ने छ । गजल यति चााडै लोकप्रीय विधाको रुपमा उदाउने छ भनेर । यी सवै उनीहरुका कल्पना भन्दा वाहिरका कुरा थिए । त्यसैले यो सव पचाउन कठिन भैरहृको छ । त्यस्ता व्यक्तीहरुको पहुच पनि कम छैन । उनीहरु जता ततै छन । आफूलाई सर्वव्यापी तथा सर्वशक्तीमान पनि ठान्दछन उनीहरु । त्यसैले उनीहरु जस्तो सुकै हत्कण्डा अपाएरै भए पनि गजललाई पाखा लगाउन चाहन्छन । गजलको अस्तीत्व समाप्ता गर्न चाहन्छन । त्यसैले कहिले गजल भनेको यो भेल हो । यस्मा कुनै दम छैन । यो त एउटा किर्ने काँडाको झार मात्र हो भन्ने अभिव्यक्ती दिन्छन । हो आज यही कुरालाई चिर्न आवस्यक्ता देखिएको छ । नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयासले नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो । हाम्रा अग्रजहरुले ती चुनौतीहरुको डटेर सामना गरे । हामीले पनि होष्टेमा हैसे लगायौ । र लगाइरहेका छौ पनि । फलत आज गजल गजल भनेर चिनिन सफल भएको छ । गजल गजलको रुपमा स्थापित हुन सफल भएको छ । यस्ले आज आफ्नो छुट्टै आकास निर्माण गरिसकेको छ । हुनत अझै पनि गजललाई देखिनसहने हरुले यसको विरोधमा आफ्ना अभिमतहरु निमार्ण गरिरहेका छन । गजललाई किर्ने काडाको संज्ञा दिन पनि पछि परेका छैनन । तर हामीले वुझेका छौ गजल कुनै कमजोर किर्ने काँडा जस्तै होइन र हुने वाला पनि छैन । गजल एक सशक्त विधा हो । यसले अन्य विधाका हजारौ पेजमा लेखिएको ग्रन्थ या महा ग्रनथले पनि उठाउन नसकेका वा वर्णन गर्न नसकेका विषय वस्तुहरु पनि एउटा शेरले वर्णन गर्न सक्छ । त्यसेले उनीहरुका वीचारमा कुनै दम देखिदैन । दम विनाको विचार लामो समय सम्म टिक्न सक्दैन । तर हामीले यस तर्फ भने सोच्नै पर्ने वेला आएको छ । गजललाई फाल्तु एवम् किर्ने काडाको संज्ञा दिनेहरु संग डटेर लड्नु पर्ने वेला आएको छ । कहि अस्तित्वको लागि लड्नु पर्ने वेला आएको छ भने कहि सुद्धीकरणको लागि । त्यसको लागि हामीले वोलरे होइन सिर्जनामा ध्यान दिनु पर्ने हुन्छ । संख्यात्मकता भन्दा पनि गुणात्मकता तिर ध्यान दिन सकेमा नै गजलको अस्तित्व नस्विकार्नेहरु र गजललाई किर्ने झारको संज्ञा दिनेहरुका ती धारणाहरु आफ्से आफ हटेर जाने छन । गलत सावित भएर जाने छन । आज पनि गजलमा त्यस्ता थुप्रै दुविधाहरु रहदै आएका छन । प्रयोगका नाममा होस या अन्य नाममा होस आज गजललाई क्लिष्ट एवम जटिल वनाइदै छ । यस्को लागि पनि हो यो अन लाइन गजल संवन्धी बहस आउनु परेको । आउनु होस हामी एक जुट भएर नेपाली गजल संवन्धी अन लाइन बहसमा भाग लिऔ । अनलाईन बहस संवन्धीको अवधारणाको वारेमा तल उल्लेख गरिएको छ ।
यो बहसको उद्देष्य भनेको ः
(१) यो बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको प्रचार प्रसार गर्नु । नयाँ तथा सिकारु गजलकारका लागि गजलको सिद्धान्त र संरचनाको वारेमा जानाकारी गराउनुका साथै गजललाई शिष्ट तथा मर्यादित वनाउन एउटा अभियान संचालन गर्नु पनि हो ।
(२) नेपाली गजल स्थापना कालको यती लामो समय वितिसक्दा पनि यसमा थुप्रै दुविधाहरु विध्यमान छन । जस्को कारणले गजलको स्तर वृिद्ध हुन सकेको छैन । यो बहसले ती तमाम दुविधाहरुको खोजी गरी तिनीहरुको निराकरणको वाटो पहिल्याउने प्रयाश गर्ने छ ।
(३) गजल संवन्धी प्रचार प्रसार गरी सकारात्मक धारणाको विकाश गरिने छ । बहसको क्रममा आएका तमाम जिज्ञासाहरुलाई गजलका विज्ञ सामु प्रस्तुत गरिने छ र बहसको क्रममा आउने र आउन सक्ने विवादित कुराहरुलाई सामूहिक रुपमा बिज्ञहरुसंग छलफल गरी त्यसको निचोड निकाल्न प्रयास गरिने छ । साथै विज्ञहरुवाट प्राप्त उत्तरलाई वा सामधानहरुलाई अनलाइनमा राखिने छ ।
(४) यस बहसले नेपाली गजलमा कलम चलाउने वा गजललाई माया गर्नेहरु वीचमा एउटा पुलको काम गर्ने छ । गजललाई माया गर्नेहरुलाई एउटा पारिवारिक संवन्ध वनाउनमा सहयोग पुर्याउने छ । नेपालमा मात्र नभएर नेपाल वाहिर छरिएर रहेका नेपाली गजलकारलाई एउटै सुत्रमा वाध्न प्रयाश गर्ने पनि यस्को लक्ष रहने छ । देश विदेशमा छरिएर रहेका तमाम गजलकारलाई एउटै मालामा उनी गजल विरुद्ध हुने आक्रमणमा एक जुछ भई डटेर सामना गर्न अभिप्रेरित गर्ने छ ।
(५) यस बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको उत्थान तथा संवर्धनमा तपाइकै धारणा स्थापित गरी सवै सामु पुर्याउनु पनि हो । अनलाइनको माध्यमबाट तपाईका धारणा साटा साट गराउन तथा ती तपाईका धारणाहरु सवै सामु पुर्याउन यो अभियान लागि पर्ने छ ।
(६) बहसमा पुराना तथा स्थापित गजलकारहलाई स्वागत तथा उहाहरुको योगदानको उच्च मुल्याङ्कन गर्दै नयाँ गजलकार तथा सिकारुका लागि चाहिने सैद्धान्तिक खुराक पनि उपव्ध गराइनुका साथै उनीहरुलाई नेपाली गजल तर्फ अभिप्रेरित गरिने छ ।
(७) नेपाली गजल संवन्धी बहस संचालन गर्दै आएका संघ संस्था, व्यक्ती तथा पत्र पत्रिकाहरु वीच सहकार्य गरिने छ । र सह– अस्तित्वको भावनाका साथ अगागि वढिने छ ।
बहसमा भाग लिने प्रावधानहरु ः
(क) बहसमा सवै गजल प्रेमीहरुले भाग लिन पाउने छन । त्यसको लागि नेटको सुविधा भने हुनु पर्ने छ । आफू संग नेटको सुविधा नभएका महानु भावहरुको खण्डमा भने यो सुविधा प्राप्त हुने छैन । तर उनीहरुले नेटको सुविधा भएको ठाउमा गएर पनि बहसमा भाग लिन सक्ने छन ।
(ख) हुन त बहसको उद्देस्य भनेको बहसकै क्रममा उव्जीएका जिज्ञासा हरुको आधारमा बहसलाई अगाडि वढाइनु हो तर सहभागी (पाठक)को सुविधालाई ध्यानमा राखेर बहसका आएका र आउन सक्ने सवालहरु एक मुष्ट रुपमा पनि उपलव्ध गराइने छ तर यो सुविधा सवैलाई प्राप्त हुने छैन । यो सुविधा नेटको सुविधा नभएका तर बहसमा भाग लिन चाहाने महानु भावले मात्र पाउने छन । त्यसको लागि भने त्यस्ता सहभागीले आफ्नो इमेल ठेगाना उपलव्ध गराउनु पर्ने छ ।
(ग) सहभागीबाट प्राप्त हुने सवै खाले जानकारी (पत्रहरु, जिज्ञासा एवम् वीचार) हरु बहसको क्रममा प्रयोग गरिन सकिने हुनाले सहभागीहरुलाई नकारात्मक एवम् व्यक्तीगत आक्षेप लाग्ने खाल्का सामाग्रीहरु नपठाउन अनुरोध गरिन्छ । त्यस्ता वीचार वा लेखहरु बहसमा सामेल गरिने छैन ।
(घ) यो बहसलाई क्रमैसग वुँदागत रुपमा अगाडि वढाइने छ । बहसका क्रममा आएका जिज्ञासा र जिज्ञासाका क्रममा उव्जिएका विषय वस्तुहरुलाई पनि क्रमै संग राखिने छन । त्यसरी बहसमा आएका विषय वस्तुमा आधारित भएर एउटा बहसको मुल ड्राफ्ट तयार गरिने छन । र त्यसरी वनेका ड्राफ्टहरु अनलाइनमा राखिनुका साथै विभन्न विद्धुतीय तथा छापाका माध्यमबाट प्रकाशन गरिने छ । सहभागीहरुलाई ती ड्राफ्टहरु कपी गरेर लिन सक्ने व्यवस्था मिलाइने छ ।
बहसमा भाग लिन चाहने संपूर्ण गजल प्रेमीहरुले आफ्नो विचार सोझै लेखक वा अभियान कर्ताको इमेल ठेगाना keshubirahi2008@yahoo.com वा birahikeshu@gmail.com मा पठाउन सक्न सक्ने छन । साथै http//www.nepaligazal.com//अथवा http//www.srasta.blogspot.com मार्फत गएर वा सिधै http//www.freewebs.com/dobato/ गएर त्यहा रहेको दोवाटो वेभ पत्रिकाको भित्र रहेको गजल संवन्धी छलफलमा गएर फाइलमा भएको Reply To Author मार्फत वा Send Your Comment मार्फत पनि पठाउन सक्नु हुने छ । अथवा मा तर त्यहा बहसका एक एक वुँदा मात्र राखिने हुनाले जुन वुँदा राखिएको छ त्यही वुँदामा मात्र भाग लिन सक्नु हुने छ । तर सिधै इमेल मार्फत भने संपूर्ण विचार पनि राखन सक्नु हुनेछ । बहसमा आएका वुँदाहरु मथि उल्लेखित अनलाइन पत्रिकाका साथै http//www.sahityaghar.com, http//www.majheri.com// लगायतका पत्रिकामा राखिने छ । साथै फेसवुकमा रहनु हुने महानु भावले सवै जानाकारी फेसवुक मार्फत पनि पाउनु हुने छ । पनि तर इमेल गर्दा युनिकोर्डमा नलगी (प्रिति फन्टमा लेखेर) पठाउन अनुरोध गरिन्छ ।
अभियान कर्ता
केशु बिरही
नेपाल गजल प्रतिष्ठान
http//www.keshubirahi.com/

http://bhojpuresse.blogspot.c
http://bhojpuresse.blogspot.com/2010/02/blog-post.html
Mitra yaha ullekhit gajal mero pahilo pratas ko yas ka kamjori aulyai dinu hunechha
bimalgautam2000@yahoo.com