Skip to content


अन्धाहरू भा’का ठाममा हेर्नेहरूको कथा बन्छ
हाम्रातिर अचेल कथा केर्नेहरूको कथा बन्छ

अर्धाग्नालाई दस ठाउँमा टाली लाउँछ गरीबले
दिन दिनमै नयाँ नयाँ फेर्नेहरूको कथा बन्छ

दिन दहाडै निहत्या नागरिकको लास उठ्छ
प्रेमिकालाई अँगालोमा बेर्नेहरूको कथा बन्छ

इमानमा खाने खेल्ने लेखिंदैनन् कथातिर
गरीबका झुपडीमा घेर्नेहरूको कथा बन्छ

शोषित पिडीत मजदुरका छाम्नुपर्छ पिडा अब
नअह्राउने न त अब टेर्नेहरूको कथा बन्छ ।

नवोदित साहित्यिक वाचनालय
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *